हल्लाको मूल्य कति ?

हल्लाको मूल्य कति ?

भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालको भूभाग मिचेको प्रमाणित भएपछि असह्य भएकाहरूले उत्तरतर्फको छिमकी चीनले पनि त्यसै गरेको चर्चा चलाए । अँध्यारोमा तीर हानेझैँ हचुवाको भरमा प्रतिष्ठित भनिएका छापाले समेत अप्रमाणित दस्तावेजको आधारमै लेखिदिए- ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’।

समाचारमा पाँच वर्षअघि (चलानी नम्बरमा बिक्रम सम्बत ०७१ भनिएको छ) कृषि मन्त्रालयले तयार पारेको मुलुकको कृषियोग्य भूमिसम्बन्धी प्रतिवेदनलाई आधार मानी छिमेकी मुलुकले सीमा मिचेको आरोप लगाइएको थियो । तर,कृषि मन्त्रालयले अप्रकाशित सामाग्री भनेको र परराष्ट्र मन्त्रालयले नेपालको उत्तरी सीमानामा कुनै समस्या नरहेको बताएपछि चीनले धेरैवटा हिमाली जिल्लाका खेतीयोग्य जमिनमा सीमा मिचेको भन्ने समाचार नै गलत भएको पुष्टि हुन गएको थियो । आफैँले सनसनी फैलाउने तवरले छापिएको समाचारलाई चार दिनपछि सम्बन्धित सञ्चार माध्यम र सञ्चारकर्मीले नै सरकारी स्रोतले ‘झूठो दस्तावेज’ र प्रतिवेदन उपलब्ध गराएको उल्लेख गरेपछि सनसनीपूर्ण समाचार एकाएक शीताङ्ग बन्न पुगेको हो ।

कृषिले सिमानाको नक्सा राख्ने हो हैन ? जिम्मेवार मिडियाले सरकार श्रोततिर सोझ्याएर आफ्नो भागको माफी मागिसकेपछि सरकारले गलत सूचना चुहाउने कर्मचारीको पहिचान गर्नुपर्छ कि पर्दैन ?

टिप्पणीहरू