न कोरोनाको औषधी, न सलहको

न कोरोनाको औषधी, न सलहको

हाम्रो देशमा अत्यावश्यक, अनावश्यक, दैनिक जीवनसँग सम्बन्धित सामग्री सबैजसो भारतबाटै भित्रिने गरेको छ । यसपटक अन्नबाली सखाप पार्ने किरा ‘सलह’ को बथान पनि त्यतैबाट भित्रियो । उत्तर प्रदेशलगायतका राज्यमा बिगबिगी मच्चाएपछि कृषि मन्त्रालयले केही समयअघि झटपट सलह अध्ययन कार्यदल बनाएको थियो । मन्त्रालय स्रोतले कार्यदलले प्रतिवेदनमा ‘सलह नेपाल नभित्रिन पनि सक्छ, तर आउँदै आउँदैनचाहिँ ’ नभनेको भनी टक्टकिएको छ ।

कोरोनाको खोप पत्ता नलागेझैँ सलह नियन्त्रण गर्ने वा धपाउने कुनै विषादी र उपाय हालसम्म विश्वमै फेला परेको छैन । अफिकादेखि मध्यपूर्व हुँदै भारत छिरेको सलहको बथान त्यताको अन्नबाली, सागपात र हरियाली नष्ट पार्दै नेपालको ५ नं. र २ नं. प्रदेशमा छिरेको छ । विज्ञहरूका अनुसार ‘कोरोनाजस्तै सलहको रोकथाम भनेको यो कति छिटो आफैँ भाग्छ भन्ने नै हो’ ।

टिप्पणीहरू