मदन भण्डारीका ड्राइभर कसरी मारिए ?

मदन भण्डारीका ड्राइभर कसरी मारिए ?

बादल (प्रेम दाइ)ले ‘सुनारको सय चोट, लोहारको एक चोट’ भनेझैं,अमर लामालाई समातेर आधार इलाकामा पु¥याउनु प¥यो । त्यसपछि सबै तथ्य सार्वजनिक गरिदिएपछि ओलीसहित सबै समाप्त हुन्छन्’ भनेका थिए ।

हरेक वर्ष जेठ ३ र  १४ असारमा मदन भण्डारीको विषय चर्चा हुन्छ, मदन भण्डारीसँगै नकारात्मक पात्रको रुपमा उनका चालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ ।

मदन भण्डारीको जयगान गर्नेहरुले सरकारको नेतृत्वमा रहँदारहँदै पनि छानविन तथा अनुसन्धान नगर्नु झनै रहस्यमय देखिन्छ । देशको लागि मदन भण्डारीको आवश्यकता थियो भने उनको ‘हत्या’का प्रत्यक्षदर्शी हुनुको कारण घटनाको सत्य तथ्य पत्ता लगाउन अमर लामा जीवित रहन आवश्यक थियो । उनी मारिनु हुँदैनथ्यो तर मारिए । मदन भण्डारी हत्याकाण्डको प्रमाण नष्ट गर्न र अपराधीको बचाउको लागि अमर लामा मारिएको हुनसक्ने आशंका धेरैले गरेका छन् । प्रचण्ड–बाबुरामको पछिल्लो अवस्था र १२ बुँदेपछि झन आशंका बढेको छ । अमर लामा हत्याको विषयमा मलाई धेरै कुरा थाहा छैन तर यो समाजमा काठमाडौंमा कार्यरत रहेको कारण जानकारीमा आएका विषय पाठकलाई पस्कनु सान्दर्भिक हुनसक्छ ।

२०४६ सालको जनआन्दोलनपछि काँग्रेसको शासन चलिरहेको थियो । काँग्रेससँग वर्गसंघर्ष जारी थियो । तत्कालिन एमालेसँग वर्गसंघर्ष र वैचारिक संघर्ष दुवै थियो । एमालेसँगको संघर्ष कठिन भएको थियो । काँग्रेसको ठूलो पार्टी,प्रहरी,गुप्तचर सञ्जाल र उच्च मनोबल भए पनि लड्न र बुझ्न कठिन थिएन । तर एमालेले कम्युनिष्ट शब्द र नारा लगाउने हुँदा लडाई कठिन थियो । एमालेलाई समाप्त नगरी जनयुद्ध स्थापित गर्न सकिन्न भन्ने बुझाई थियो । त्यसबेला गृहमन्त्री थापा ‘विशेष केन्द्रीय कमाण्ड’ का इञ्चार्ज थिए । जसमा त्रिशुली,सुनकोशीबीच (नेवा: र तामसालिङ) का भूभाग थिए । कुनै बैठकमा हो एकदिन बादल (प्रेम दाइ)ले ‘सुनारको सय चोट,लोहारको एक चोट’ भनेझैं हुन्छ,अमर लामालाई भण्डारीको हत्याको सबै थाहा छ । त्यसलाई समातेर आधार इलाकामा पु¥याउनु प¥यो । त्यसपछि सबै तथ्य सार्वजनिक गरिदिएपछि ओलीसहित सबै समाप्त हुन्छन्’ भनेका थिए । त्यसको जिम्मा उपत्यकाको एसटीएफ (विशेष कार्यदल) लाई दिइएको थियो । उसको विषयमा अनुसन्धान शुरु भयो । जनमुक्ति सेना कीर्तिपुर केन्द्रीत भयो ।

एसटीएफले एक दिन अमर लामालाई विजय स्मारक स्कुल,डिल्लीबजार अगाडिबाट लिई कीर्तिपुर पुर्याए । लामा बलिया थिए । एसटीएफका युद्धप्रसाद रायमाझी (काभ्रे),दिनेश श्रेष्ठ ‘पृथ्वी’ (तनहुँ) लगायत साथीहरु पातलो गाँठीका थिए । एसटीएफको सबै विषय सेनाका साथीहरुलाई थाहा हुने गर्दथ्यो । अमर लामालाई दक्षिणकाली हुँदै मकवानपुर लगेर थप योजना बनाउने भन्ने थियो । तर अमर लामा हात फुत्काएर भागेछन् । एसटीएफको चेतावनी पनि सुनेनन् । त्यसपछि पछाडिबाट पेस्तोल फायर भयो र उनी घटनास्थलमा नै मारिए । गिरफ्तार गर्नु भनेको सफाया भएपछि एसटीएफ)लाई कारबाही गर्नुपर्र्ने आवाज पनि उठ्यो । तर भवितव्य भएकाले कारबाही नगर्ने निर्णय भयो । कार्यदलका साथीहरुले पार्टीको आदेश पुरा गर्न नसकेकोमा आत्माआलोचना गरे । मदन भण्डारी हत्याको भण्डाफोर गर्ने लामो समयदेखिको माओवादी प्रयास अधुरै रह्यो ।

मदन भण्डारी हत्याकाण्ड र अमर लामाको सन्दर्भमा देशी विदेशी षड्यन्त्तको विषयमा छलफल चलिरहेको छ । अमर लामालाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र तथ्यहरु सार्वजनिक गर्ने माओवादीको योजना थियो । तर जनमुक्ति सेनाकोे त्यो जिम्मेवारी सफल भएन । असावधानी भयो भन्ने टिप्पणी पनि भयो । अमर लामा भागेको भए पिएलएका साथीहरुको ज्यान पनि खतरामा थियो । अमर लामाको हत्या योजनाबद्ध नभएर परिस्थितिजन्य थियो भन्ने मेरो बुझाई छ । सो सम्बन्धमा तत्कालिन पार्टी नेतृत्व थापा र पिएलएका नेतृत्वका साथीहरु नै बढी जानकार होलान् ।

एसटीएफका युद्धप्रसाद रायमाझी (काभ्रे),दिनेश श्रेष्ठ ‘पृथ्वी’ (तनहुँ) लगायत साथीहरु पातलो गाँठीका थिए ।

टिप्पणीहरू