वामदेवलाई मनाउने प्रयास जारी

वामदेवलाई मनाउने प्रयास जारी

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटीको अस्तिदेखि शुरु भएको दोस्रो दिनको बैठक प्रारम्भ भएको छ । ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ वामदेव गौतमलाई सकेसम्म आफ्नो पक्षमा ल्याउन नसकेपनि ‘न्युट्रलाईज’ गराउन सकिएमा सानोतिनो खडको टर्ने विश्वासमा हिजोदेखि फकाउने प्रयास थालिएको छ ।

स्रोतका अनुसार बोलावट भएपछि हिजो दिउँसो गौतम प्रधानमन्त्री तथा नेकपा अध्यक्षलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा उनलाई ‘पार्टीलाई अघि बढाउन सँधैजसो ‘क्रुसियल टाईम’ मा तपाईंकै आवश्यकता पर्ने गरेको छ । अहिलेको अवस्था पनि त्यस्तै हुँदै गएको छ । पार्टीभित्र उत्पन्न समस्या समाधानको लागि के गर्नुपर्ला ?  अनि तपाईंका पनि केही रिजर्भेसन वा डिमाण्ड छन् भने स्पष्टसँग राखौं । मिलेर जानुको विकल्प छैन,कमरेड ।’  भनिएको बुझिएको छ  ।

सरकारमा आफूभन्दा पछाडिको जुनसुकै हैसियत प्रदान गर्न प्रधानमन्त्री तयार रहेको वचन महिनौंदेखि पाउँदै आएका गौतमले हिजोपनि खुलेर आफ्नो धारणा राखे । तर, बालुवाटारको पछिल्लो प्रस्तावमा न समर्थन, न बिरोध जनाएर भैंसेपाटी फर्किएको बताइएको छ । पटक पटकको प्रयासमा पनि गौतम पग्लने लक्षण नदेखिएपछि आजको बैठकमा उनले लिखित असहमतिसमेत राख्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू