उपत्यका प्रवेशमा थप कडाई

उपत्यका प्रवेशमा थप कडाई

गृह मन्त्रालयले कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखेर काठमाडौं उपत्यका प्रवेशमा अझ कडाई गरेको छ । यसअघिको व्यवस्थामा संशोधन गरी मन्त्रालयले मंगलबार जारी गरेको निर्देशनमा उपत्यका प्रवेश गर्ने जो कोहीले काठमाडौं,ललितपुर र भक्तपुर जिल्लाका सम्बन्धित स्थानीय तहको निगरानीमा नियमानुसार क्वारेन्टिनमा बस्नको लागि अनिवार्य पूर्व लिखित सहमति लिएको हुनुपर्ने व्यवस्था छ ।

त्यसैगरी, काठमाडौं, ललितपुर र भक्तपुरमध्ये सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि उपत्यका प्रवेशको निम्ति सवारी पास लिएको हुनुपर्नेछ । सम्बन्धित यात्रुले यात्रा अवधिभर स्थानीय तहको लिखित सहमति, जिल्ला प्रशासनको अनुमतिलगायतका कागजात साथैमा राख्नु पर्नेछ ।

गृहको निर्देशनमा सम्बन्धित सवारी साधनमा यसअघि सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलबमोजिमको यात्रु संख्या निश्चित् हुनुपर्ने उल्लेख छ । साथै, सुरक्षा निकायले जुनसुकै स्थान र समयमा त्यस्ता सवारी साधन र यात्रुको चेक जाँच गर्नसक्ने समेत बताइएको छ ।

टिप्पणीहरू