क्वारेण्टिनमै झुण्डिएर मृत्यु

क्वारेण्टिनमै झुण्डिएर मृत्यु

क्वारेण्टिनमा बसेका एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् । छबिसपाथिभरा गाउँपालिका- ७ बझाङ्गस्थित मजकुरी माध्यमिक विद्यालयमा बनाइएको क्वारेण्टिनमा असार ६ गतेदेखि बसेका ३५ वर्षे रमेश धामी दुई दिनपछि हिजो सोमबार बिहान मृत फेला परेका हुन् ।

घटनाको छानबीनका लागि प्रमुख जिल्ला अधिकारी कमल भण्डारीलगायत जिल्ला सदरमुकामबाट तीनवटै सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेको बताइएको छ ।

यसैवीच सुर्खेत जिल्लास्थित कर्णाली प्रदेश अस्पतालकाे अाईसियुमा टिबी राेगका कारण मिति जेठ ३१ गतेदेखि उपचाररत दैलेख जिल्ला दुल्लु नपा ३ नेपा निवासी वर्ष ४५ का लक्ष्मण बुढालाई काेराेना भाईरस नमूना परिक्षण क्रममा असार ३ गते पाेजिटिभ देखिएर अाईसाेलेशनमा राखी उपचार भैरहेकोमा हिजै राती पौने नौ बजे मृत्यु भएकाे छ ।

मृतकसहित उपचारमा रहेका ३ जनालाई काेराेना पाेजिटिभ देखिएपछि अस्पतालकाे अाईसियु र ईमरजेन्सी कक्ष सिल गरी उपचारमा खटिएका ४२ स्वास्थ्यकर्मीलाई समेत अाईसाेलेनमा राखिएको र तीमध्ये ५ स्वास्थ्यकर्मी लाई काेराेना भाईरस नमूना पाेजिटिभ देखिएकाे छ। शव व्यवस्थापनका लागि छलफल भैरहेकाे छ ।

टिप्पणीहरू