भारत-चीन यसरी पो भिड्दा रहेछन्

राजेन्द्र स्थापित
[post-views]

सन् १९६२ को अक्टोबरमा दुवै मुलुकले १ महिना १ दिनसम्म युद्ध गरे । पहिलो झडप अस्ति जुनमा झडप भएको स्थान गलवानमा नै भएको थियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा पारेर भारतले नयाँ नक्सा जारी गरेर पनि चित्त नबुझाई धार्चुला—लिपुलेक जोड्ने लिंक रोड निर्माण थालेपछि नेपाल र भारतीय सीमा विवाद उत्कर्षमा पुगेको छ । यसबीच नेपालले यी ३ सय ९५ वर्ग किमी क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरिसकेको छ । र,पनि सन् १८१६ को सुगौली सन्धिले सिमांकन गरेको  यो भूभाग नेपाललाई फिर्ता दिन भारत तयार छैन । जबकि यो भूभाग नेपालको जिल्ला दार्चुलाको व्यास गाविसअन्तर्गतको हो ।

भारतको नेपाल मात्र होइन चीनसँग पनि लामो सीमा जोडिएको छ । भारतको लद्दाख र चीन नियन्त्रित अक्साइ चीनको सीमा क्षेत्र गलवान घाटीमा अवैध रुपमा चीनले सीमा चौकी स्थापना गरेको दाबी भारतको छ । सन् १९६२ को भारत चीन युद्धपछि त्यसैलाई दुई देशको सीमा मान्दै आइरहेको स्थिति हो । जुन १६ मा भारतीय सेनाले चिनिया सैनिकलाई त्यहाँबाट जबर्जस्ती हटाउन खोज्दा झडप भयो । भारततर्फ १ जना कर्नेलसहित २० जनाले ज्यान गुमाउनु पर्यो । सन् १९६२ को युद्धपछि समय समयमा त्यहाँ दुई देशका सैनिकबीच झडप हुने गरे तापनि ज्यानै जानेगरी झडप भएको यो नै पहिलो पटक हो । त्यसो त सन् १९९६ मा पनि दुई देशका सैनिकबीच भिडन्त भएको थियो । त्यो बेला १ सय ७६ जना भारतीय सेना घाइते भएका थिए ।

अस्तिको झडपपछि भारतमा चीनविरोधी गतिविधि शुरु भएको छ- चिनियाँ सामान बहिष्कार गर्ने अभियानदेखि सिमानामा थप सेना तैनाथी । तर उता चीनले भारतसित युद्ध नचाहेको स्पष्ट संकेत दिइसकेको छ । एकतर्फी रुपमै जुन १६ को झडपको क्रममा पक्राउ परेका १० जना सैनिक जवानलाई रिहा गरिदिइसकेको छ । रिहा भएकामा १ जना कर्नेल र ३ जना मेजरसमेत रहेको शुरुवाती चर्चा थियो ! भारतले जस्तै चीनले पनि झडप भएको क्षेत्रलाई आफ्नो भूभाग दाबी गर्दै आइरहेको छ ।

भारतले लद्दाखको भूभाग,जम्मु काश्मिर राज्यको उत्तरी भूभाग दाबी गर्दैै आइरहेको अक्साइ चीन यतिखेर चीनको सिन्जियाङ र तिब्बतमा फैलिएको छ । ३७ हजार २ सय ४४ वर्ग किमीमा फैलिएको यसको अधिकांश भूभाग सिञ्जियाङको होलाङ काउन्टीअन्तर्गत छ । अक्साइ चीनको अर्थ तुर्की भाषामा सेतो पहाड (पठार) युक्त मरुभूमि हो । करिब ५ हजार मिटर उचाईमा रहेको यहाँ मानव बस्ती छैन । तिब्बत-सिञ्जियाङ जाने आउने चौरीगाईको बथान मात्र हिँड्छ । यहाँ नूनको एउटा ठूलो ताल छ । कुनै समय भारतका व्यापारी तुर्किस्तानसँग व्यापार गर्न यो अक्साइ चीन हुँदै कस्गर नगर पुग्दथे । यो नगर अफगानिस्तान, किर्गिज्स्तान, ताजकिस्तान, भारत र पाकिस्तानको सीमा जोडिएको चीनको शहर हो । चिनियाँहरु यसलाई का -सिह भन्दथे । इशापूर्व दोस्रो शताब्दीमा गान्सुप्रान्तबाट बसाई सरेको चिनियाँ जाति युइझीले यो शहर बसालेको थियो ।

सन् १९५९ मा चीनको जनवादी सरकारले तिब्बतलाई आफ्नो नियन्त्रणमा लियो । त्यहाँका धार्मिक शासक दलाई लामा भागेर भारतमा शरण लिन पुगे । तत्कालिन दुई देशका प्रधानमन्त्रीद्वय चाओ एनलाई र जवाहरलाल नेहरुबीच ठूलो मित्रता थियो । तर दलाई लामालाई भारतले शरण दिएपछि चीन रुष्ट बन्यो । यसबीच चीनले सिन्जियाङ -तिब्बत मार्ग निर्माण शुरु ग¥यो । यो बाटो अक्साइ चीन भएर जान्थ्यो । त्यसैले भारतले सो जमिनमाथि आफ्नो दाबी ग¥यो । दुई देशबीच यो भूभागलाई लिएर मतभेद चर्किदै गयो । र,यसैबीच चीनले सन् १९६२ को अक्टोबर २० मा सैन्य आक्रमण गर्यो। दुवै मुलुकले १ महिना १ दिनसम्म युद्ध गरे । पहिलो झडप अस्ति जुनमा झडप भएको स्थान गलवानमा नै भएको थियो । युद्धमा तत्कालिन सोभियत संघ तटस्थ बस्यो, जबकि त्यो बेलासम्ममा चीन र सोेभियतसँगबीच फाटो आइसकेको थियो,चिनियाँ नेता माओ त्सेसुङ र सोभियत नेता निकिता खु्रस्चेभले एकले अर्कोमाथि आरोप प्रत्यारोप गर्न थालिसकेका थिए । युद्धको क्रममा अमेरिका, ब्रिटेन र अन्य युरोपेली मुलुकले भारतलाई सैन्य सामग्री सहयोग गरे ।

यसबीच चीनले भारतको २४ हजार वर्ग किमी क्षेत्र कब्जामा लिइसकेको थियो । भारतको आसाम राज्य प्रवेशको तयारीमा थियो । तर एकाएक चीनले नोभेम्बर २१ मा एकतर्फी युद्ध विराम घोषणा गरी डिसेम्बर १ मा आफ्नो सेना फिर्ता लग्यो । युध्दमा चीनतर्फ ७ सय २२ जनाको ज्यान गयो भने भारततर्फ १ हजार ३ सय ८३ जना मारिए । १ हजार ४७ जना भारतीय सैनिक घाइते भए । १ हजार ६ सय ९६ जना लापत्ता भए भने ३ हजार ९ सय ६९ जनालाई चीनले युद्धबन्दी बनायो । भनिन्छ,भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मृत्यु युद्धमा पराजित भएको चोट सहन नसकेकै कारण १७ महिनापछि सन् १९६४ को मे २७ मा भयो ।

हुन त चिनियाँ सेना सन् १९६१ को मध्यसम्ममा भारतीय भूमिमा ७० माइल् भित्रसम्म प्रबेश गरिसकेका थिए । १४ हजार वर्ग किमी जमिन लिइसकेका थिए । भारतका विपक्षी दलहरुले यस बिषयलाई लिएर सरकारको ठूलो आलोचना शुरु गरे । आलोचनाबाट दिक्क मानेर प्रधानमन्त्री नेहरुले प्रधानसेनापति पि एन थापरलाई भारतीय भूमिबाट चिनियाँ सेनालाई लखेट्न आदेश दिए । थापरले यसबारे रक्षामन्त्री बि. कृष्णमेननसँग सल्लाह गरे तर मेननले नेहरुको यो भनाई राजनीतिक भनाई मात्र भएको भनेर टारे ।

भनिन्छ,भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मृत्यु युद्धमा पराजित भएको चोट सहन नसकेकै कारण १७ महिनापछि सन् १९६४ को मे २७ मा भयो ।

सन् १९६२ को अक्टोबर १३ मा नेहरु श्रीलंका भ्रमणमा हिँडे । प्रस्थानपूर्व चेन्नई विमानस्थमा पत्रकारहरुलाई भने,मैले हाम्रो सेनालाई चिनिया सेनालाई लखेट्न आदेश दिइसकेको छु । त्यो बेला पनि रक्षामन्त्रीले सेनाध्यक्षलाई उस्तै जवाफ फर्काए । तर नेहरुले त्यसो भनेको आठौं दिन चीनले औपचारिक तवरमा भारतमाथि आक्रमण गर्यो ।

इराकका लागि भारतीय राजदूत भइसकेका आर एस कल्हाले आफ्नो लेखमा चीनले भारतलाई पाठ सिकाउन मात्र युध्द गरेको उल्लेख गरेका छन् । चिनियाँ राष्ट्रपति लिउ साओचीले श्रीलंकाली नेता फेलिक्स बन्डरनायकलाई भनेका रहेछन्, सन् १९६२ को मतभेद भारतको सेखी झार्न र उसको धाकप्रतिको भ्रम समाप्त पार्न रचिएको हो । चीनले भारतलाई यस्तो पाठ समय समयमा सिकाउँदै जानेछ ।

माओत्सेतुङले पनि यो भनाईको पुष्टि गरेका छन् । आरएस कल्हाले आफ्नो लेखमा उल्लेख गरेका छन्- सन् १९६४ मा नेपाली प्रतिनिधिमण्डललाई भेट्ने क्रममा माओले भनेका थिए,चीन र भारतबीचको प्रमुख समस्या मैकमोहन लाइन (सीमा) होइन,बल्कि तिब्बतको विषय हो । पछि सन् १९७३ मा प्रधानमन्त्री चाओ एनलाईले पनि अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसितको भेटमा भारतीय प्रधानमन्त्री नेहरु बढी फुर्कन थालेकाले मतभेद सिर्जना बढेको बताएका  थिए । अमेरिकी गुप्तचर संस्था सिआइएका पूर्व अधिकृत ब्रुस रिडल आफ्नो पुस्तक  JFK’s  forgotton crisis: Tibet, The CIA and Sino-India war ‘  मा लेख्छन्,चीनसित युद्धको समय नेहरुले अमेरिकी राष्ट्रपति केनेडीलाई पत्र लेखेर १२ वटा लडाकू जेट विमान र एउटा अत्याधनिक राडार सहयोग मागेका थिए ।

युद्धमा पराजित भएपछि भारतीय सेनाले सो को सिहावलोकन गर्ने क्रममा त्यसबेला अमेरिकाले धोका दिएको निश्कर्ष निकाल्यो । अमेरिका र बेलायतले सैन्य सहयोगको बदलामा काश्मिरको समस्या सल्टाउनुपर्ने शर्त अगाडि सारेका रहेछन् । भारतका अनुसार पाकिस्तानी राष्ट्रपति जनरल अयुब खाँको प्रभावमा अमेरिका र बेलायत परिसकेका थिए । चीनले एकतर्फी युद्ध विराम घोषणा गरेको भोलिपल्ट नयाँ दिल्ली झरेका अमेरिकी सहायक विदेशमन्त्री एभरल ह्यारिम्यान र कमनवेल्थ हेर्ने बेलायती मन्त्री डन्कान स्याण्डिजले पनि सोही शर्त दोहो¥याएका थिए ।

स्मरणीय छ, कवि, गीतकार प्रदीपद्वारा रचित ऐ मेरे बतनके लोगो, जरा आँखमे भरलो पानी,जो सहिद हुए हे उनकी, जरा याद करो कुर्वानी बोलको गीत लता मंगेशकरले गाउँदा नेहरु पनि साथमै थिए । गीत सुनेर उनी रोएका थिए । चीनसितको युद्धमा मारिएका भारतीय शहिदहरुको सम्मानमा प्रदीपले सो गीत रचेका थिए र सन् १९६२ को जनवरी २६ गणतन्त्र दिवसको दिन नयाँदिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा लताले सो गीत गाएकी थिइन् ।

चिनियाँ राष्ट्रपति लिउ साओचीले श्रीलंकाली नेता फेलिक्स बन्डरनायकलाई भनेका रहेछन्, सन् १९६२ को मतभेद भारतको सेखी झार्न र उसको धाकप्रतिको भ्रम समाप्त पार्न रचिएको हो । चीनले भारतलाई यस्तो पाठ समय समयमा सिकाउँदै जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*