लागुपदार्थ ओसारपसारमा नयाँ प्रयोग, ग्यालेनमा २० किलो चरेस

लागुपदार्थ ओसारपसारमा नयाँ प्रयोग, ग्यालेनमा २० किलो चरेस

सशस्त्र प्रहरी बल, नेपालले आज बारामा लागुपदार्थहित सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बिहान सबेरै नेपालबाट भारततर्फ जाँदै गरेको अटोमा बसेका यात्रुबाट २० केजी चरेस बरामद भएको जनाएको छ ।

पचरौता न.पा.–७ बेनौलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणको हेड क्वार्टर बारा मातहतको नेपाल बोर्डर आउट पोष्ट बेनौलीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त लागुपदार्थ फेला परेको हो ।

नेपालबाट भारततर्फ गइरहेको ना.१ ह. ६२३४ नम्बरको अटोमा रहेका तीन जनाले दुई वटा ग्यालनमा २० केजी लागुपदार्थ चरेस लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ ।

वीरगञ्ज महानगरपालिका १९, नगवा बस्ने वर्ष ३० का मुकेश श्रीवास्तव, सोही महानगरको वडा नम्बर २, छपकैया बस्ने वर्ष १६ का मुस्तफा देवान र अटो चालक बाराको महागढीमाई १ बस्ने ३७ वर्षे मुस्ताज देवान पक्राउ परेका हुन् ।

टिप्पणीहरू