नेपाल छिरेका भारतीयसँग झण्डै ९ लाख नक्कली नोट

नेपाल छिरेका भारतीयसँग झण्डै ९ लाख नक्कली नोट

बारामा ठूलो परिमाणको नक्कली नोटसहित एक जना भारतीय पक्राउ परेका छन् । प्रहरीले नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

सिम्रौनगढ नगरपालिका–५, कनकपुरबाट भारत मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखियालाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुखियाको साथबाट आठ लाख ९५ हजार नक्कली नोट बरामद गरिएको छ । सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार रञ्जितलाई जाँच गर्ने क्रममा एक हजार दरका नौ प्याकेट नक्कली नोट फेला पारेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू