हिमालमा फसेका आठ जनाको सेनाद्वारा उद्धार

हिमालमा फसेका आठ जनाको सेनाद्वारा उद्धार

नेपाली सेनाद्वारा गोरखाको मनास्लु हिमाल इलाकामा फसेकाहरुको उद्धार गरेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण मनास्लु इलाकाको न्याक गाउँमा गएको पहिरोपछि फसेका दुई जना इजरायली र छ जना नेपालीको उद्धार गरिएको बताइएको छ ।

पहिरोपछि ओरी ओरअफ र यरीभ बोर्ट तथा नेपालीहरुमा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई आज दिउँसो सेनाको हेलिकप्टरमा उद्धार गरेर साँझ राजधानी ल्याइएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरु सबैको अवस्था सामान्य छ ।

टिप्पणीहरू