लोसपाले माग्यो एउटा मुख्यमन्त्री र १५ सीट

लोसपाले माग्यो एउटा मुख्यमन्त्री र १५ सीट 

निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ‘इन्ट्री’ हुने सम्भावना बढेको छ । आज बालुवाटारमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको नेताहरुले बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) सीट बाँटफाँडमा असन्तुष्टी जनाउँदै गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न कस्सिएलगत्तै लोसपाका नेताहरु आज अपरान्ह प्रधानमन्त्री निवास पुगेका हुन् ।

नेताहरु शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आवद्ध गठबन्धनका नेताहरुसँग गठबन्धनमा सहभागी हुनेबारे छलफल गरेको बताइएको छ ।

छलफलमा उनीहरुले संघीय संसदको निर्वाचनमा १५ सीट र प्रदेश सभामा मुख्यमन्त्री मागेको बताइएको छ । लोसपाका नेता जितेन्द्र सोनालका अनुसार आजै साँझ फेरि लोसपा–गठबन्धनको वार्ता हुनेछ ।

टिप्पणीहरू