नेकपामा अत्यन्त नमज्जा

नेकपामा अत्यन्त नमज्जा

प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई बोलाएर भनिसक्नुभएको छ, ‘संसदमा पोहोरै दर्ता भएर बसेको एमसिसी अघि बढाउनोस्, हैन भने तपाईंले सकेको तपाईं गर्नुस्, मैले सकेको म गर्छु !’

संसदमा नेकपाको झण्डै दुई तिहाई,तर सरकार कांग्रेससँगको साझेदारीमा !

केही दिनभित्रै राजनीतिक क्षितिजमा पटाक्षेप हुन लागेको यो कुनै काल्पनिक प्रसंग हैन,समकालीन अन्तरसंघर्षको सम्भावित परिदृश्य हो !

र,अर्को पनि आश्चर्यको खबर छ,संसदबाट अमेरिकी सहायता परियोजना एमसिसी ‘जसरी पनि’ पारित गराउने तयारी !

एमसिसी अनुमोदनसँगै जोडिएर आउन लागेको हो,नेकपामा अध्यक्ष  केपी ओली समूह र नेपाली कांग्रेसबीचको सत्तासहकार्य !

यो घटनाको शुरुवातस्वरुप केही दिनमै नेकपा संसदीय दलको बैठक आह्वान हुनसक्छ  ।

सम्भवतः असार १० गते, बुधबार बोलाइने भनिएको नेकपाको स्थायी कमिटी बैठक फेरि पनि कुनै न कुन बहानामा स्थगित भई उक्त बैठकको सट्टा एकैचोटि संसदीय दलको बैठक बोलाइन सक्छ ।

बैठकको अध्यक्षता दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले हैन, उपनेता सुवास नेम्वाङले गर्ने सम्भावना पनि उत्तिकै छ ।

भर्खरैमात्र प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई बोलाएर भनिसक्नुभएको छ, ‘संसदमा पोहोरै दर्ता भएर बसेको एमसिसी अघि बढाउनोस्,हैन भने तपाईंले सकेको तपाईं गर्नुस्,मैले सकेको म गर्छु !’

एमसिसी अनुमोदनका लागि सबभन्दा बाधक बनेकै नेकपा नेतृत्व हो ।

संसदीय दलको बैठकमा उक्त प्रस्तावले सर्वसम्मत अनुमोदन नहुनेबारे प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ । ‘यसकारण,त्यहाँ बहुमत र अल्पमतका आधारमा निर्णय गरिन सक्छ’, नेकपाका एक नेताले बताए ।

संसदमा पनि त्यहीअनुसार प्रस्ताव लगिने भएको छ । नेपाली कांग्रेसका ९० प्रतिशत सांसद एमसिसी अनुमोदनको पक्षमा छन् । तर,शेरबहादुर देउवाले बाँकी १० प्रतिशतको जिम्मा पनि आफूले लिने बताउनुभएको स्रोतले जनाएको छ ।

यति भएपछि नेकपा विभाजनप्रायः स्थितिमा पुग्छ ।

र, सरकार पुनर्गठन हुन्छ ।

‘एमसिसी विरोधी कित्ताका मन्त्रीहरु हटाइन्छन् र ती ठाउँमा नेपाली कांग्रेसले सिफारिस गरेका मन्त्री लगिन्छ’, स्रोतले बतायो ।

यसबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराइसक्नुभएको श्रोतको दावी छ ।

राष्ट्रपतिले आफूले बोलाएर पुगे जतिका नेतासँग यो स्थिति नआओस् भन्ने सुझाव दिनुभएको बताइन्छ ।

यसबीच, राष्ट्रपतिले भेट्नका निम्ति वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समय छुट्याउनु भएको खबर छ ।

टिप्पणीहरू