अन्तरिक्षमा मनाइयो चीनको राष्ट्रिय दिवस

अन्तरिक्षमा मनाइयो चीनको राष्ट्रिय दिवस

चीनको राष्ट्रिय दिवस अन्तरिक्षमा समेत मनाइएको छ । गत शनिवारको दिवस अन्तरिक्षमा भोलिपल्ट मनाइएको हो ।

अन्तरिक्षमा रहेको चीनको सन्चौ १४ भित्र रहेका यात्रीहरुले आफ्नो मुलुकको राष्ट्रिय दिवस पहिलो पटक मनाएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उनीहरुले थिआन्कोङ अन्तरिक्ष केन्द्रमा यो दिवस मनाएका हुन् ।

त्यहीँबाट उनीहरुले दिवसको उपलक्ष्यमा शुभकामना सन्देशसमेत पठाएका थिए । अन्तरिक्षमा अहिले छन् तोङ,लिउ याङ र काइ सुच छन् ।

तीन जना यात्रीमध्ये लिउ महिला हुन् । उनले उक्त दिन अन्तरिक्षमा भएको सूर्योदयको भिडियो पठाएकी थिइन् ।

अहिले अन्तरिक्षमा रहेका उनीहरु सन्चौ १५ यान १४ लाई बदली गर्न यो वर्षको अन्तमा अन्तरिक्ष पुगेपछि पृथ्वीमा फर्कनेछन् ।

टिप्पणीहरू