रुसी राष्ट्रपतिको जन्मदिनमा समर्थकद्वारा दीर्घायु र दीर्घ शासनको कामना

रुसी राष्ट्रपतिको जन्मदिनमा समर्थकद्वारा दीर्घायु र दीर्घ शासनको कामना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज ७० औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको शुभकामना दिँदै समर्थकहरुले रुसमा तत्कालीन राष्ट्रपति जोसेफ स्टालिनको जस्तै दीर्घ शासनको अपेक्षा राखिएको बताएका छन् ।

पुटिनका शुभेच्छुकहरुले शीतयुद्धको अन्त्य र तत्कालीन सोभियत संघको विघटनपछि तुलनात्मक रुपमा कमजोर बनेको मातृभूमिलाई पुरानै अवस्थामा फर्काएको दाबी गर्दै आएका छन् । तर,पश्चिमाहरुले पुटिनको नेतृत्वमा रुस खासै बलियो हुन नसकेको बताउने गरेका छन् ।

युक्रेन युद्धमा पुटिनले सोचेको परिणाम हात पार्न नसकेको अमेरिकालगायत मुलुकको निश्कर्ष छ । यता रुसले भने प्रत्यक्ष आक्रमणलाई भन्दा सामरिक र रणनीतिक हिसाबले महत्वपूर्ण ठानिएका युक्रेनका चार वटा प्रान्तलाई आफूमा गाभ्नुलाई ठूलो उपलब्धी ठान्दै आएको छ ।

टिप्पणीहरू