एनआरएन-यता पनि दलकै दुु:ख,खोला कहिले फर्केला ?

एनआरएन-यता पनि दलकै दुु:ख,खोला कहिले फर्केला ?

-सुरेन्द्र नेपाल श्रेष्ठ

बिगत एक बर्ष देखि नेपालको राजनीतिक परिवेश जस्तै गैर आबासिय नेपालीहरुको संगठनमा पनि निकै ठुलो उतार चढ़ाबहरु देखा परे।त्यस्तो नभई दिएको भए हुन्थ्यो भनेर कामना गर्नेहरुको उल्लेख्य संख्या हुँदा हुँदै पनि यो दुर्घटना रोक्न सकिएन। जे नहुनु थियो त्यो भए पछि त्यसलाई स्वीकार गरेर अगाडी बढ्ने बाहेक अन्य बिकल्प रहदैन।यो गणित नभएको कारण को ठिक वा बेठिक भन्ने पनि किटान गर्न सकिदैन।उत्सर्गमा हेर्दा एउटा पक्ष्यको धेरै वा थोरै गल्ति ठम्याउन त सकिएला तर त्यो समस्या समाधानको उपाए भने हुन् सक्दैन।

अहिले मुख्य त यस्तो अबस्था आउनुमा नेपालको राजनीतिक पार्टीहरुलाई दोष दिने गरिएको देखिन्छ।यो बिषयमा दुबिद्धा रहनु नै प्रमुख समस्या हो।रोग निदानको लागि पहिला रोगका कारण वा लक्ष्यणहरु सहि पहिचान हुन् आबश्यक हुन्छ। त्यस पछि मात्रै उपचार सम्भब हुन् सक्छ।तर सबै बिमारीको उपचार भने हुन् सक्दैन।गैर आबासिय नेपाली संघको जन्म पछि निकै छोटो समयमा चिताए भन्दा बढी बिशाल हुन् गयो।सरकार मात्रै हैन जनस्तरमा पनि यसलाई भरोसाको माध्यम मानियो।संस्थाले गरेका बिशेषत् मानबिय कार्यहरुले यो सफलता प्राप्त भएको हो।संगठन ठुलो हुदै गयो तर यसलाई नेतृत्व गर्नेहरु भने सिमित नै रह्यो।ठुलो संस्था भए संगै यसको नेतृत्वलाई प्राप्त राजकीय सम्मान र सदभाबले गर्दा त्यहि सिमित व्यक्तिहरुमा पनि नेतृत्वमा पुग्ने होड अनाबश्यक रुपमा चल्न थाल्यो।अरुको बाटो छेकेर आफु अगाडी पुग्न शुरु देखिनै राजनीतिक शक्तिको अनिबार्य हस्तक्ष्यप स्वीकार गर्न पुग्यो।त्यसैले यो बाताबरण निर्माण हामि आफैले गरेका हौ।नेपालका नेताहरुले जबर्जस्ति गर्दै खोज्दै आएका हैनन।यसको अर्को प्रमाण भनेको केन्द्र बाहेक प्राय प्रत्यक देशमा हुने निर्बाचनमा पनि बिबिध प्रकारका खिचातानी देखिनु हो।

यो अभियान याँहा आइपुग्न राजनीतिमा संग्लग्न व्यक्तिहरु मात्रै दोषी छन् भन्दै अन्य शक्तिहरु पानीमाथिको ओभानो हुने प्रयास गरि रहेका छन्। त्यसो त एउटै पार्टीलाई समर्थन गर्नेहरु फरक फरक टिम लाइ मतदान मात्रै गर्ने हैन भिन्न नेतृत्वको प्यानल उम्मेदवार बन्ने तथा एउटै पदमा पनि प्रतिष्पर्धा हुने गरेको छ। यस्तो प्रक्रिया एमाले र कांग्रेस शुरु देखि नै छरपस्ट हुदै आएको थियो तर माओबादीहरुको सक्रियता पहिला देखि नै भए पनि सहभागिता भने कम भएको कारण अन्तिम निर्बाचन सम्म भित्र भित्रै केहि असन्तुष्टि भए पनि सबै जना एकातिर मात्रै लागेको अबस्था हो। तर यस पटक भने यहा पनि विभिन्न धारहरु खुलेयाम देखिन थाल्यो र ब्यक्तिगत सम्पर्क सम्बन्धको आधारमा पक्ष्य बिपक्ष्यमा उभिन पुग्यो। अहिले त दुवै पक्ष्यको कार्य समितिका महत्वपुर्ण पदहरु सम्हाली रहेका छन्। तर बजारमा भने माओबादिहरु मात्रै एक ठाउमा उभिन नसकेको भन्ने प्रकारले तिललाई ताड बनाउन खोजिएको देखिन्छ।

संस्थाका प्रमुख संस्थापक तेश्रो पटक अधक्ष बन्न नमिल्ने बिधान बनेको कारण अन्य तीन संस्थापकहरु भाबी नेतृत्वको दाबेदार देखिए।राम प्रताप थापाले नेतृत्व गर्ने अंतिम सहमति भएको राती अबेला निर्णय भएको सूचना बाहिर आए पनी घोषणा हुने बेलामा देब मान हिराचनको नाम आयो । त्यती बेला देखी नै नेतृत्व चयनमा बिभिन्न कारक पक्ष्यहरु हाबी भएको देखियो । त्यस पछी पनी थापा सहित भीम उदाशको नेतृत्वमा पुग्ने क़ुरा चलेका थिए तर अर्का संस्थापक मध्य कै एक जीबा लामिछाने अधक्ष्य बन्न पुग्यो।यस बाट नेतृत्वमा पुग्ने ब्यक्ति आर्थिक रुपमा पनी सबल भएको हुन पर्छ भन्ने स्पस्ट संकेत भयो।तर जून प्रकारले यो संस्थाको बिकास भयो आर्थिक पक्षलाई मात्र नेतृत्वमा पुग्ने मुख्य आधार बनाउन हुदैन थियो । सामूहिक उत्तरदायित्व सहित नेतृत्वको बिकास गर्न सकिने भरपूर संभाबना पनी थियो ।त्यता तिर कसैको ध्यान पुगेन वा पुग्न आबश्यक ठानिएन।

सन् २०१३ मा संस्थापनले ब्यापार व्यवसायमा ब्यस्त रहेका शेष घलेलाई अनेक अनुरोधमा नेत्रित्व लिन सहमत गराए पछि भने संस्थाले झन् अर्को खालको चुनौती झेल्न बाध्य भयो। जसो तसो मुख्य नेतृत्व निर्बिरोध चयन गर्दै आएको परम्परा टुट्न पुग्यो। भन्दा मिठो सुनिने तर ब्यबहारमा अतिनै अप्रिय हुने प्रतिष्पर्धा अर्थात निर्बाचन शुरु भयो। तेन्जी शेर्पालाई एमाले उमेद्वार घोषणा गर्यो। पुरा प्यानल नै तयार हुने क्रममा विभिन्न खाले जोड घटाउमा जसरि पनि जित्न पर्ने मानाशिकता सहित ठुलै खर्च भएको थियो।निर्बाचन प्रचार प्रसारमा हुने तडक भडकले झन् पछि झन् असिमित खर्च हुदै गयो। उमेद्वारी घोषणा गर्ने फेशन बढ्यो जुन निर्बाचन हुने समय सम्म सबैले आफ्नो मोल बडाबड गर्ने माध्यम साबित हुन् पुग्यो।

उपेन्द्र महतो बाहेक अरुले नेतृत्व नदोहर्याउने समझदारी बनि सकेकोमा भूकम्पको बहानामा फेरि त्यो पुनरावृत्ति हुन् पुग्यो। हिजो प्रतिद्वंधी उमेद्वार बनेका ब्यक्तिनै मुख्य सहयोगी बनेर आफ्नै पार्टीका क्याडर टीबी कार्कीलाई सहयोग नगर्नु अर्को बिडम्बना हुन् पुग्यो। त्यसैले जित्नेलाई आफ्नो पक्ष्यमा देखिएको भोट सबै आफ्नै सफलता र लोकप्रियताको मात्रै कारण हो भन्ने भान पुग्न गयो।यस बिचमा संस्था झन्डै झन्डै निजि कम्पनि जस्तो हुन् पुग्यो। बालुवाटारमा बनेको कार्यालय र लाप्राकमा बसाइएको सामुदायिक बस्तीको वास्तविक अबस्था अहिले देखिदै गएको छ। आफु दुइ पटक अधक्ष्य भै सके पछि पनि स्वाभाविक रुपमा नेतृत्व हस्तान्तरण नगर्नु शक्तिको स्वाद छाड्न नसकेको प्रमाण अथवा शक्तिको आशक्तता थियो।भबन भट्ट र जमुना घले बिचको प्रतिष्पर्धामा जुन रुप देखियो त्यस पछि देशका राजनीतिक पार्टीहरुलाई सराप्ने काम शुरु भयो। दुवै उमेदवारले आफुलाइ आधिकारिक उमेद्वार घोषणा गरि दिनु पर्यो भनेर विभिन्न शक्ति केन्द्रमा निकै ठुलो धनराशी खर्च गरेको छर्लंग नै थियो। निर्बाचन भरि ठेकेदार ,पेटी ठेकेदारहरुको ब्यबहार ठुला होटलहरुमा हेर्न लायक नै थियो।

कुल आचार्य र कुमार पन्त बिचको निर्बाचन रोक्न नसक्नु नै अहिलेको समस्याको केन्द्र बिन्दु बन्न पुग्यो। संस्थापन पक्ष्य भित्रको बेमेलको नतिजा पनि थियो त्यो। पार्टी समर्थक शुभ चिन्तकहरुको व्यक्तिगत स्वार्थ वा टकराबले पनि निकै मल जल गर्यो। अप्रत्याशित रुपमा नेपाललको राजनीतिक समीकरण बदलिए पछि बिजय हासिल गरेका कुमार पन्तले आफु जुन धरातलमा उभिएर चुनाब जितेका हुन् त्यसलाई बिर्सेर प्रतिपक्ष्य दलको नेता झैँ अन्तर्वार्ता दिंदै हिंडे पनि अन्तिम सम्म टिक्न सकेनन। शुरु देखिनै एकताको भावले भन्दा पनि अर्काको अस्तित्व नै समाप्त पार्ने पाराले लाग्नु गलत थियो। कुल आचार्यलाई प्रमुख शरक्षकले साथ् दिनु बद्रि के सी लाइ कुनै हालतमा पनि अधक्ष्य स्वीकार गर्न नसकिने निर्णयको उपज थियो। राजनीतिक रुपमा कुनै बिन्दुमा सहमति हुन् सक्छ भन्ने अड्कल काटेर दुवै तिर भूमिका खेल्न सफल एउटा खेमाले अर्को तेश्रो धार स्थापना गर्यो। यदि यो प्रबृत्ति देखा नपरेको भए अहिलेको जस्तो तीन सिङ् उम्रने र कार्य समिति पनि ठुलो भेडी गोठ जस्तो हुदैन थियो। बिडम्बना के देखियो भने पदकालागि मरिमेटे भन्न नथाक्ने कसैले पनि आफुले त्याग गरेको देखिएन।उल्टो नामका लागि नाम खोज्दै आफ्ना मान्छेहरुलाइ पद बाँड्ने काम देखियो। पूर्ण रुपमा एकता हुँदा आकार ग्रहण गरि सकेको आफ्नो शक्तिको बिरासत कम्जोर हुने आंकलन गरेर नै बिधि विधानको प्रश्न तेर्साएर आफु छुट्टै बाटो हिड्ने निर्णयको परिणतिले अहिले एन आर एनले यो नियति भोग्न परेको हो।

निर्बाचन अगाडी जे जति समस्याहरु उजागर भए ति सबै गौण थिए, मुख्यत कसले के पद पाउने भन्ने नै थियो।जुन विभिन्न ढंगमा प्रश्तुत भएका मात्रै थिए।अहिले छुट्टै अस्तित्वमा रहेकाहरुलाई पनि संगै लिएर जान सकिने अबस्था नआउनुमा पनि एकले अर्काको अस्तिव स्वीकार गर्न नसक्नु नै हो।धरातलीय अबस्थालाई बुझ्न नसक्नुको मुख्य कारण व्यक्तिको अहंकारको निरन्तरता हो।सबै मिलेर अगाडी बढ्न पर्ने अन्तिम विकल्पलाई स्वीकार गर्न नसक्नुमा केवल बिधि विधान मात्रै बाधक थिएनन।बरु संगठनमा केहि समय यता बिकसित भएको एकलकाटे प्रबृत्ति हाबी हुनुको परिणति थियो।

नेपाल सरकार वा पररास्ट्र मन्त्रालयले कसलाई आधिकारिक मान्छ वा मान्दैन भन्ने बिबाद अहिले देखिदैन।त्यसो त अधिबेशन अगाडी पटक पटक अदालत पुगेका पक्ष्यहरुले अहिले त्यो बाटो अङ्गीकार गरेको देखिदैन।हुन् त अधिबेशन अगाडी बेला बखत बिदेशी नागरिकता प्राप्त गरि सकेकाहरुको मात्रै छुट्टै संस्था बन्न पर्छ भन्ने स्वरहरु पनि सुनिएका थिए।अहिले यो बिषय अलि ओझेल परे जस्तो देखिन्छ।तर समय क्रमममा फेरि उठला नै।तीन र एक अधक्ष्य भएका दुवै संस्थाले आ आफ्नो तरिकाले गतिविधिहरु अगाडी बढाइ रहेका छन्।विभिन्न देशहरुमा समानान्तर समितिहरु बन्ने क्रम जारि छ।केहि देशहरुमा चर्को बाद बिबाद भै रहेको पनि देखिन्छ।बिशेषत बेलायतमा लामो समय देखि आन्तरिक समस्या अनबरत रुपमा चल्दै आएको छ।स्थानीय अदालतमा समेत मुद्धा परेको छ।हिजो संगै मिलेर अर्को पक्ष्यलाइ उजुरी गर्नेहरु आज फेरि आफु आफैमा पोलापोल गर्न ब्यस्त देखिन्छन ।सामाजिक संगठनमा सक्रिय रहने तर व्यक्तिगत टिका टिप्पणि गर्ने हाम्रो आदत बस्दै आएको छ।यसले हामीलाई ठिक गन्तब्यमा पुर्याउदैन।बाटो फरक भए पछि हुने पनि यस्तै हो।कथम कदाचित भोलि संगै हुन् पर्दा एक अर्काको अनुहार हेर्न नसकिने अवस्था निर्माण गर्नु उचित हुदैन। त्यसैले धेरै तिर विभक्त हाम्रो समाजलाई फेरि झन् तिक्ततापूर्ण बनाउने तिर नलागे सबैको भलाइ हुनेछ। कालान्तरमा मिल्न सक्ने कामहरु गर्दै अगाडी बढौ तर त्यो सम्भब भएन भने पनि देशलाइ सहयोग गर्ने हो जसले ,जहा, जे, जसरि गरे पनि भै हाल्यो। राजनीतिक पार्टी नभएकोले नामको लागि वा बैधानिक कि अबैधानिक भनेर झगडा गरि रहन आबश्यक छैन। दोष वा गुणको आधारमा सबैले मुल्यांकन गर्दै जाने छन्।

(लामो समयदेखि बेलायतमा वसोबास गर्दै विविध विषयमा कलम चलाउँदै आएका श्रेष्ठ गैह्रआवासीय नेपाली संघका पूर्व केन्द्रीय सल्लाहकार हुन्। )

टिप्पणीहरू