उपेन्द्र बालकोटसङ्ग मिलेपछि के होला ४ मन्त्रीको भविष्य ?

उपेन्द्र बालकोटसङ्ग मिलेपछि के होला ४ मन्त्रीको भविष्य ?

जनता समाजवादी पार्टीले (जसपा) एमालेसँग आजैदेखि चुनावी तालमेलनिम्ति लिखित सम्झौताको तयारी गरेपछि उक्त पार्टीबाट प्रतिनिधित्व गर्ने चार जनाले मन्त्रीको जिम्मेवारीबाट हट्नुपर्ने भएको छ । तर,निर्वाचन आचारसंहिता लागु भइसकेकाले त्यसो गरिहाल्न नपर्ने जसपा नेताहरुले बताएका छन् ।

गठबन्धन छाडेर अन्यत्र तालमेलको निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरुलाई जिम्मेवारीमुक्त गराउने गठबन्धनमा रहेका अन्य नेताहरुको बुझाइ छ ।

अघिल्लो वर्ष असारमा पाँच दलीय सत्ता गठबन्धनको एक दलका नाताले जसपाका चार जना शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समावेश छन् ।

जसपाका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राइन,कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा प्रदीप यादव छन् ।

प्रधानमन्त्रीले उनीहरुलाई जिम्मेवारीमुक्त गरे पनि निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रिमण्डलमा अन्य सदस्य थप्न पाईंदैन ।

टिप्पणीहरू