ओलीका पाँच छोरीले गर्दा सुदूरपश्चिममा एमालेलाई समस्या

ओलीका पाँच छोरीले गर्दा सुदूरपश्चिममा एमालेलाई समस्या

सुदूरपश्चिममा केपी ओलीका पाँच छोरीले गर्दा पार्टीमा लामो योगदान गरेकाहरु संकटमा परेका छन् ।

सबैभन्दा नजिककी छोरी मानिएकी निरु पालले गर्दा कञ्चनपुरको बेलौरी नगरपालिकाको चुनावमा अन्र्तघात गर्ने जिल्ला सचिव पल्लवराज भट्टमाथिको कारवाही मंसिरपछि सरेको छ । हुन त ओलीकै पेलानमा अर्की छोरी कमला बोहराले बेलौरीमा मेयरको टिकट पाएकी थिइन तर सचिव भट्टको भूमिकाले उनी पराजीत भइन । जवकी उपमेयरमा एमालेका जोगराम चौधरी विजयी भएका थिए ।

पार्टीले उम्मेदवार बनाइ सकेपछि सहयोग गर्नु पर्ने थियो सचिव भट्टको भूमिकाले हार्नु परेकोले उनलाई कारवाही गर्नु पर्ने माग एमाले कार्यकर्ताको छ । सचिव भट्ट अघिल्लो पटक आफूले मेयर हारेकोले फेरि उम्मेदवार हुन पाउनु पर्ने दावी गरिरहेका थिए ।

जेठी छोरी मानिने निरुदेवी पालले गर्दा नै कञ्चनपुर क्षेत्र नम्बर ३ एमालेले गुमाउने चर्चा एमाले कार्यकर्ताहरु गर्छन । निरुले जवरजस्ती आफ्नो नाम पठाउन लगाएपछि जित्ने सम्भावना भएका डा. दीपकप्रकास भट्ट र राजेन्द्र रावल रोकिएका छन् । भट्ट ०७४ मा निर्वाचित भएका थिए भने रावल प्रदेश सभाको एक नम्बरमा सिफारिस भएका छन् ।

कञ्चनपुरमा ओलीकी अर्की छोरी मर्यादा विष्ट क्षेत्र नम्बर १ को ख मा उम्मेदवार बन्ने चर्चा छ । उनले उम्मेदवारी पाए पुराना र भूगोलमा काम गरेकालाई अन्याय हुने छ । ०७४ मा पनि ओलीले उनलाई उम्मेदवार बनाइ सकेका थिए तर विष्टका कारण कञ्चनपुरका पूरै क्षेत्र एमाले गुमाउने सम्भावना देखेपछि तत्कालिन इन्चार्ज भीमबहादुर रावलले कुलवीर चौधरीलाई उम्मेदवार बनाएका थिए । रावलको सोही कदमले एमालेका सबै उम्मेदवार विजयी भएका थिए ।

उता डोटीमा क्षमता र काम भन्दा पनि ओली जातकै भएका कारण समानुपातिक सांसददेखि पोलिटव्यूरो सदस्य हुन सफल अर्की छोरी गौरी ओलीले जिल्ला अध्यक्ष चक्र मल्लको टिकट खोस्ने भएकी छन् । उनले अध्यक्ष ओलीलाई मल्लको एउटा अडियो टेप पुगाएको चर्चा छ ।

मल्लले उम्मेदवारी पाए गठवन्धनका उम्मेदवार प्रेमबहादुर आले हार्ने सम्भावना थियो । तर आलेले समेत गौरीलाई उचालेर चुनावी खर्च सबै म दिन्छु तपाई पनि चुनाव लड्नुस हामी दुई जो जिते पनि हुन्छ त्यो चक्रे आउनु हुन्न भन्दै फकाएको चर्चा डोटीभर फैलिएको छ । गौरीको नाम समानुपातिकामा सिफारिस छ अहिले भने प्रत्यक्षमा उठ्न मरिहत्ते गरिरहेकी छन् ।

त्यसैमा विगतमा माधव प्रचण्डतिर लागेको कारण पनि मल्लसंग अध्यक्ष ओली सकरात्मक छैनन् । कैलालीमा क्षेत्र नम्बर २ पनि अहिलेका सांसद झपट रावल र अर्का दावेदार सूर्यबहादुर थापा भन्दा म बलियो भन्दै ओलीको पुरानी छोरी कमला ओली उम्मेदवार हुन खोजीरहेकी छन् । उनको पनि पार्टीमा खासै योगदान छैन ओली जात भएकै कारण ओलीसम्म पुगेर राष्ट्रिय सभा सदस्य खाइसकेकी छन् ।

रोचक त के भने पाँचै छोरीको एकअर्कासंग राम्रो सम्वन्ध छैन । निरु पाल र कमला बोहराको द्धन्द्ध निक्कै चर्को छ । अरु चार छोरी भन्दा निरु र कमला पार्टीमा काम गर्ने नेतृ हुन । अखिलको केन्द्रसम्म पुगेकी पार्टी काममा निक्कै खट्ने बोहरा वामदेव, झलनाथ हुँदै नवौ महाधिवेशनदेखि ओलीसंग निकट हुन थालेकी हुन ।

टिप्पणीहरू