जुवाको खालबाट ९ जुवाडे पक्राउ, सवा २ लाख बरामद

जुवाको खालबाट ९ जुवाडे पक्राउ, सवा २ लाख बरामद

चितवनको भरतपुरमा जुवा खेलिरहेका जुवाडे नगदसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ३, बेलचोकस्थित अनिल गुप्ताको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

वडा प्रहरी कार्यालय नारायणगढको टोलीले हिजो दिउँसो जुवा खेलिरहेका नौ जनालाई १० बुक तास र दुई लाख २२ हजार पाँच रुपैयाँसहित पक्रेको बताइएको छ ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्दामा थप अनुसन्धान र कारवाही अघि बढाइएको वडा प्रहरी कार्यालयले बताएको छ ।

टिप्पणीहरू