मर्यादापालकको काँधमा चढेर संसदमा उपद्रो मच्याउने गंगा चौधरीद्वारा एमाले परित्याग

मर्यादापालकको काँधमा चढेर संसदमा उपद्रो मच्याउने गंगा चौधरीद्वारा एमाले परित्याग 

नेकपा एमालेकी नेतृ तथा निवर्तमान सांसद गंगा चौधरी (सत्गौवा) ले एमाले छाडेको घोषणा गरेकी छन् । आज सामाजिक सञ्जालमार्फत उनले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिन लागेको जानकारी गराएकी हुन् ।

‘आज मैले ठीक निर्णय गरेँ या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु,जनता भगवान हुन्,जनता नै सर्वपरी हुन्,देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भई जनताको वीचमा आउँदैछु,हजुरहरुको साथ चाहिएको छ’, चौधरीले लेखेकी छन् ।

चौधरी दाङ–१ बाट एमालेको उम्मेदवार बन्ने तयारीमा थिइन् । तर, पार्टीले शान्ता चौधरीलाई टिकट दिने भएपछि उनी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेकी हुन् ।

अघिल्लो पटक एमालेबाट समानुपातिक सांसद रहेकी चौधरी संसदभित्रको गतिविधिका कारण आलोचित छन् । एमालेले झण्डै ६ महिना लगातार गरेको संसद अवरोधका क्रममा उनी मर्यादापालकको काँधमाथि चढेकी थिइन् ।

टिप्पणीहरू