काँग्रेसले पर्सिको चियापान कार्यक्रम रोक्यो

काँग्रेसले पर्सिको चियापान कार्यक्रम रोक्यो

नेपाली काँग्रेसले दशैँ, तिहार, छठलगायतका पर्वहरुको अवसरमा हरेक वर्ष गर्दै आएको चियापान कार्यक्रम यस पटक नगर्ने भएको छ । चुनावको उम्मेदवारी मनोनयनकै दिन परेपछि काँग्रेसले चियापान स्थगित गरेको बताएको छ ।

वि.सं. २०३३ सालमा विश्वेश्वर प्रसाद कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काँग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

यो वर्ष भने कोज्रागत पूर्णिमा पर्सि आइतबारका दिन मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नुपर्ने भएकाले चियापान कार्यक्रम नहुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

टिप्पणीहरू