चोरी शिकारीबाट ५५ गैंडा र दुई हात्ती मारिए

चोरी शिकारीबाट ५५ गैंडा र दुई हात्ती मारिए

जंगली जनावरको निम्ति स्वर्ग मानिएका अफ्रिकी मुलुकहरुमा गैंडा र हात्ती मार्ने क्रम झन् बढेको छ । यो वर्षको पछिल्लो १० महिनामा नामिबियामा मात्रै चोरी शिकारीबाट ५५ गैंडा र दुई वटा हात्ती मारिएका छन् ।

त्यहाँको वातावरण, वन तथा पर्यटन मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष गैंडा ११ वटा बढी मारिएको छ । चोरी शिकारीबाट गत वर्ष आठ वटा हात्ती मारिएका थिए ।

स्रोत : सिन्ह्वा 

टिप्पणीहरू