कसले भन्छ यहाँ चान्स कम छ ?

कसले भन्छ यहाँ चान्स कम छ ?

करिमाले सिडिओमाथि हातपात गर्दा पनि कारवाही भोग्नुपरेन । पूर्वोत्तर भारतबाट एक नेपाली सुरक्षाकर्मीसँग विवाह गरेर आएकी इला शर्मा निर्वाचन आयुक्त भइन् ।

झट्ट भन्दा र सुन्दा केहीजस्तो नलाग्ने । तर, कुराको गहिराईमा छिर्दै जाँदा अत्यासलाग्दो छ– नेपालमा वैवाहिक अंगीकृत नागरिकको स्थिति ।

भारत वा तिब्बतबाट नेपाली पुरुषसँग विवाह गर्ने चेलीहरु आएकै दिनदेखि नेपालको अंगीकृत नागरिकता पाउन योग्य हुन्छन् ।

यस्तो योग्यता निर्धारण गरिएबापत देशले वर्षेनी २० देखि २५ हजार अंगीकृत नागरिक आर्जन गरिरहेको छ !

ती नागरिकले भोलि राष्ट्रहीतका बारे प्रश्न उठ्दा वा राष्ट्रियता प्रदर्शन गर्ने अवस्था आउँदा के गर्लान् ?

सबैको हकमा त हेर्न बाँकी नै होला । तर,भर्खरै सरिता गिरीले नेपालको सीमा मामिलामा राम्रैसँग आफ्नो ‘राष्ट्रवाद’ देखाइदिइन् !

०४७ हुँदै ०६३ को अन्तरिम संविधानदेखि ०७२ मा जारी संविधानसम्मको विवाह गरेकै दिनदेखि वैवाहिक अंगीकृत नागरिकता पाउन सकिने सुविधाले देशलाई कुनै दिन भड्खालोमा लैजान्छ भन्ने चेत तबमात्र खुल्यो,जब सरिता गिरीले सीमाबारे आफ्ना सीमाहीन अभिव्यक्ति दिन थालिन् ।

यसपछि बहस शुरु भयो,वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान कसिकसाऊ बनाउने सम्बन्धमा ।

यो बहस भित्रिनुपछाडि पनि रोचक कारण छ ।

सरिताको अभिव्यक्तिले देशभर उनीविरुद्ध आक्रोशको वातावरणमात्र बाक्लिएन,पार्टीका शीर्ष नेताको मनमा पनि ढ्याङग्रो ठोकियो ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राज्यव्यवस्था समितिकी सभापति शशी श्रेष्ठलाई बोलाउनुभयो ।

उक्त समितिमा नागरिकता ऐन विचाराधीन छ ।

अहिले संसदबाट एमसिसी पारित गराउने मामिलामा प्रधानमन्त्रीको ध्यान कांग्रेसतिर बढी केन्द्रित छ ।

यस्तो स्थितिमा राज्यव्यवस्था समितिबाट नागरिकता ऐनमा वैवाहिक अंगीकृत नागरिकताबारेको यो नयाँ अडान एकाएक आयो । नक्सा जारी गर्नेदेखि संसदबाट अनुमोदन गर्नेसम्मका घटनाले प्रधानमन्त्री एकाएक खरो राष्ट्रवादीका रुपमा चित्रित हुनुभएको बेला त्यही विषयसँग सोझो सरोकार राख्ने वैवाहिक अंगीकृत नागरिकताको यो विषय आइदिएपछि प्रधानमन्त्रीले बोल्ने कुरा पनि भएन ।

र, शनिबार सम्पन्न नेकपाको सचिवालय बैठकले राज्यव्यवस्था समितिमा अगाडि बढाइएको  त्यही विषयलाई अनुमोदन गरेको छ ।

छिमेकको छल

छिमेकी मुलुक भारतमा विदेशबाट विवाह गरेर आएका चेलीको हकमा पनि कम्तिमा ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ । नेपालको हकमा तेस्रो मुलुकबाहेकका,अर्थात् भारत र चीनबाट विवाह गरेर आउने चेलीका हकमा यस्तो व्यवस्था धेरै आकर्षित हुने गरेको छ ।

जतिबेला भारतमा कंग्रेस आईले बहुमत ल्यायो,त्यसबेलाको घटना हेरौँ ।अध्यक्ष थिइन्, सोनिया गान्धी ।

पार्टीले चुनावमा बहुमत ल्याएपछि स्वाभाविक हो,अध्यक्षलाई प्रधानमन्त्री बनाउन खोजिनु ।

तर, सोनिया प्रधानमन्त्री बन्न सकिनन् ।

कारण हो,तत्कालिन प्रतिपक्षी दल र अहिलेको सत्तारुढ भारतीय जनता पार्टीको विदेशी बुहारीलाई प्रधानमन्त्रीका रुपमा नस्वीकार्ने अडान ।

यस्तो भएपछि इटालीमा माइत भएकी सोनिया प्रधानमन्त्री हुने यात्राबाट बाहिरिइन् । उनको सट्टा मनमोहन सिंह प्रधानमन्त्री बनाइए ।

अमेरिकामा पनि मेडलिन अलब्राइट बिदेशमन्त्री त बनिन् । तर, जब राष्ट्रपति बन्ने मौका आइलाग्यो,तब उनले पाइनन् । राष्ट्रपति हुन नपाउनुको कारण हो,उनी अमेरिकामै जन्मिएको नागरिक नहुनु । रास्टृय सुरक्षा सल्लाहकार जिग्नु बृजेन्स्की र बिदेश मन्त्री हेनरी किसिन्जरको नियती पनि त्यही थियो ! यी कसैले सिनेटरसम्म पनि बन्न पाएनन् !

तर,हाम्रोमा उनै भारतीय र अमेरिकी प्रभावका मानिसहरुमाथि अहिले विवाह गरेकै दिन पाइने वैवाहिक अंगीकृत नागरिकतामार्फत असिमित राजकीय अधिकारको वकालत गर्न थालेको आरोप छ ।

सरिता गिरी ०६४ देखि अहिलेसम्मको संसदमा छिन् । क्याबिनेट मन्त्रीसम्म भइन् ।

भारतीय बुहारी करिमा बेगम, सुरिताकुमारी यादवहरु पनि मन्त्री र राज्यमन्त्री बने ।

करिमाले त पदमा बहाल रहँदै सिडिओमाथि हातपात गर्दा पनि कारवाही भोग्नुपरेन । पूर्वोत्तर भारतबाट एक नेपाली सुरक्षाकर्मीसँग विवाह गरेर आएकी इला शर्मा निर्वाचन आयुक्त भइन् ।

अर्थात्,अन्तर्राष्ट्रिय कानुनमा पारस्पारिकताको सिद्धान्त भनिन्छ । त्यसले तेस्रो मुलुकलाई होइन,साँध–सिमाना जोडिएको मुलुकका हकमा वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा कडाइ गर्दछ । नेपालमा त चीनको तिब्बतबाट लखेटिएका (शरणार्थी) भारत छिर्ने । र, नेपालीसँग विवाह गरेर यतैको अंगीकृत नागरिक हुँदै घरजम गर्ने चलन उत्तिकै मौलाएको छ ।

तर, ७ वर्षको परीक्षणकाल भएपछि त्यसबीचमा माइत फर्किने, सम्बन्ध बिच्छेद हुने काम पनि हुनसक्छ । यदि,नेपालमै रहने भए निश्चित शर्तसहित नागरिकता दिने व्यवस्था गरौँ भनेर बहस शुरु भएको छ ।

अहिलेकै व्यवस्थाअनुसार, त्यस्ता महिलाहरुको सम्बन्धबिच्छेद भए पनि नागरिकता जिउँदै हुन्छ ।

अनुराधा कोइराला दार्जिलिङबाट अनुराधा गुरुङ भएर आइन् । बोर्डिङ स्कुलमा पढाउँदा पढाउँदै ओखलढुंगाका एक जना कोइरालासँग विवाह गरिन् । कोइरालासँग सम्बन्धबिच्छेद भयो । तर, नागरिकता जारी

अनुराधाको उदाहरण

एउटी उदाहरण हुन्, अनुराधा कोइराला । उनी दार्जिलिङबाट काठमाडौंका बोर्डिङ स्कुलमा इङ्ग्लिस पढाउनका निम्ति अनुराधा गुरुङ भएर आइन् ।

एक प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाउँदा पढाउँदै ओखलढुंगाका एकजना कोइरालासँग विवाह गरिन् । त्यो हैसियतले प्राप्त नागरिकताले २०३७ सालमा डिल्लीबजार, पिपलबोटमा त्रिशक्ति प्रिप्राइमरी स्कुल खोलिन् ।

कोइरालासँग उनको सम्बन्धबिच्छेद भयो । तर, नागरिकता जारी छ।

स्कुल कोइरालालाई छाडिन् र आफूचाहिँ ‘माइती नेपाल’ नामको सामाजिक संस्था दर्ता गरेर नयाँ काममा लागिन् ।

विभिन्न सामाजिक काममा लागेर देश–विदेशका पुरस्कार पाइन् । राजाले शाहीकालमा मन्त्री बनाइदिए ।

यो पहुँच र प्रभावको आधारमा अंगीकृत नागरिकतालाई ‘बंशजको’ बनाइन् ।

गणतन्त्र आयो । देश संघीयतामा गयो । प्रदेश नं. ३ को पहिलो प्रदेश प्रमुख भइन् ।

त्यसबेला नागरिकताको बहस भयो । तर,उनले देखाइन्,पछि मिलाइएको ‘बंशजको’ नागरिकता ।

अर्थात्, नेपालमा थुप्रै त्यस्ता भारतीय चेली आए, जसले नागरिकताका लागि नेपाली पुरुषसँग विवाह गरे । नागरिकता हात परेपछि सम्बन्ध त्यागे तर देश त्यागेनन् ।

नेपालमा थुप्रै त्यस्ता भारतीय चेली आए, जसले नागरिकता हात परेपछि सम्बन्ध त्यागे तर देश त्यागेनन् ।

टिप्पणीहरू