सावधान,अदालतकी कर्मचारीलाई पनि लग्यो डेङ्गुले

सावधान,अदालतकी कर्मचारीलाई पनि लग्यो डेङ्गुले

डेंगु रोकका कारण प्रशासकीय अदालतमा कार्यरत महिला नायव सुब्बाको निधन भएको छ । नासु निशा घिमिरेको नवमीको दिन निधन भएको राष्ट्रिय कर्मचारी संगठनले जनाएको छ ।

अदालत घटस्थापनाको दिनदेखि पूर्णिमासम्म बिदा हुन्छ । घिमिरेलाई दशैं मनाउन परिवारसहित बर्दियास्थित घर गएको बेला डेंगु संक्रमण भएको थियो । सोही क्रममा ३४ वर्षे नायव सुब्बा निशाको गत मंगलबार निधन भएको बताइएको छ ।

उनका श्रीमान पनि निजामती सेवातर्फ कानुन मन्त्रालयमा कार्यरत छन् ।

टिप्पणीहरू