नोबेल साहित्य पुरस्कार फ्रान्सकी एनी एर्नोक्सलाई

नोबेल साहित्य पुरस्कार फ्रान्सकी एनी एर्नोक्सलाई

यो वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई प्रदान गरिने भएको छ ।

‘द स्विडिस एकेडेमी’ ले उक्त पुरस्कारको घोषणासँगै एर्नोले कुनै पनि विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणलाई सचित्र लेख्ने गरेको बताएको छ । उनलाई सोही आधारमा यो वर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिएको हो ।

एर्नोक्सले सामाजिक असमानता र त्यसले सर्वसाधारणको जीवनमा पारेको प्रभावलाई पनि आफ्ना रचनामा खोतलेकी छन् । पहिले एक शिक्षिकाका रूपमा कार्यरत उनले ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तक लेखेकी छन् । यी दुवै रचना समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिएका छन् ।

टिप्पणीहरू