आइतवार नाम दर्ता, बुधवार चिन्ह पक्का

आइतवार नाम दर्ता, बुधवार चिन्ह पक्का

आगामी मंसिर ४ गते हुने निर्वाचनको निम्ति निर्वाचन आयोगले तोकेको कार्यतालिकाबमोजिम पर्सि आइतवार उम्मेदवारले मनोनयन गर्ने कार्यक्रम छ । संघीय संसद र प्रदेश सभाको निम्ति हुन लागेको निर्वाचनको समानुपातिकतर्फ बन्द सूची दलहरुले यसअघि नै आयोगमा बुझाइसकेका छन् ।

जसअनुसार असोज २३ गते आइतवार उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गरिन्छ । असोज २४ गते सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

त्यसैगरी असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने,असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने भनिएको छ । असोज २६ गते नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

असोज २६ गते साँझदेखि उम्मेदवारले आगामी निर्वाचनको औपचारिक प्रचार प्रसार शुरु गर्नेछन् ।

टिप्पणीहरू