कैदीबीच चक्कु हानाहान, १५ जनाको मृत्यु

कैदीबीच चक्कु हानाहान, १५ जनाको मृत्यु

इक्वेडरमा कैदीहरुबीच चक्कु हानाहान हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । त्यहाँको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा भएको दोहोरो झडपमा उनीहरु मारिएको बताइएको छ ।

स्थानीय प्रहरीले कारागारलाई नियन्त्रणमा लिन कैदीहरूले बन्दुक र चक्कु प्रहार गर्दा उक्त घटना भएको बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राजधानी क्विटोबाट ८० किलोमिटर दक्षिणमा रहेको कारागारमा कैदीहरु एकाएक झडपमा उत्रिएका हुन् ।

इक्वेडरका जेलमा लागुऔषध गिरोहहरूबीच प्रायः हिंसात्मक झडप हुने गरेको छ । सन् २०२० यता भएका कतिपय झडपमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू