जर्नेलहरूले भने : संक्रमितको संख्या ५० हजार नाघ्छ

जर्नेलहरूले भने : संक्रमितको संख्या ५० हजार नाघ्छ

जंगी अड्डामा जारी नेपाली सेनाका पृतनापतिहरूको भेलामा मुलुकको पछिल्लो वस्तुस्थितिको मिहिन ढंगले अध्ययन गरिएको छ । लकडाउनको समय पनि भारतलगायत अन्य मुलुकबाट नेपालीको ओइरो लाग्ने क्रम नथामिएको कारण कोरोना संक्रमितको संख्या पचास हजार नाघ्ने हिसाब निकालिएको हो ।

उक्त संख्या यसअघि सरकारले र सुरक्षा निकायले अनुमान गरेभन्दा धेरै गुणा बढी हो । बढ्दो संक्रमित संख्यालाई ध्यानमा राखेर आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न र सरकारलाई कसरी थप सहयोग गर्न सकिन्छ भन्नेसम्बन्धमा भेलामा गहन छलफल भएको बताइएको छ ।

टिप्पणीहरू