राष्ट्रपति सवार गाडीमा मोटरसाइकल ठोक्काउन खोजियो, एक जना जँड्याहा पक्राउ

राष्ट्रपति सवार गाडीमा मोटरसाइकल ठोक्काउन खोजियो, एक जना जँड्याहा पक्राउ
आज साँझ महाराजगञ्ज पानीपोखरीमा राष्ट्रपति शीतल निवास फर्कदै गर्दा बा.६० प ५८१३ नम्बरको मोटरसाइकल ठोक्काउन खोज्ने एक जना समातिएका छन् । मोटरसाइकल रोक्न खोज्दा अटेर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ । ‘मोटरसाइकल रोक्न खोज्दा मानेनन् । समातेपछि मादक पदार्थ सेवन गरेको पत्ता लाग्यो,’ बृत्तका डिएसपी अङ्गुर जिसीले जनआस्थालाई बताए ।
अहिले मोटरसाइकल चालकलाई महाराजगञ्ज प्रहरी वृत्त चक्रपथमा राखेर अनुसन्धान हुँदै गरेको छ । राष्ट्रपति भण्डारी वसन्तपुरस्थित तलेजु भवानीको दर्शन र पूजा अर्चना गरेर फर्कंदै गर्दा पौने ९ बजेको समयमा उक्त घटना भएको हो ।

टिप्पणीहरू