अन्तिम घोषणाअघि उम्मेदवार विजयीको सूचना सम्प्रेषणमा रोक

अन्तिम घोषणाअघि उम्मेदवार विजयीको सूचना सम्प्रेषणमा रोक

निर्वाचनमा खटिने पर्यवेक्षकले राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोध हुने गरी निर्वाचन चिन्ह अंकित ब्याच लगाउन र अन्य कुनै पनि माध्यमद्वारा प्रचारप्रसार गर्न नहुने निर्वाचन आयोगले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पर्यवेक्षकले गर्न नहुने कामहरुबारे आयोगले स्पष्ट पारिदिएको छ ।

त्यसरी खटिने पर्यवेक्षकले राजनीतिक दल, उम्मेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद, जिन्सी, उपहार वा अन्य कुनै पनि सामान लेनदेन गर्न नपाइने आयोगद्वारा आज जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, निर्वाचन अधिकृत वा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नुअघि उम्मेदवार विजयी भएको सूचना सम्प्रेषण गर्नमा पनि रोक लगाएको छ ।

पर्यवेक्षकले सुरक्षा सम्वेदनशील स्थानमा पर्यवेक्षण पाउने छैनन् । निर्वाचनलाई प्रभावित पार्ने कुनै वक्तव्य नदिन, सूचना प्रवाह र अवाञ्छित क्रियाकलाप नगर्न पनि आयोगले कडा निर्देशन दिएको छ ।

टिप्पणीहरू