भारतको उत्तराखण्डमा हिमपहिरो, २० जना आरोही जोखिमपूर्ण अवस्थामा

भारतको उत्तराखण्डमा हिमपहिरो, २० जना आरोही जोखिमपूर्ण अवस्थामा

 

भारतको उत्तराखण्ड राज्यको डण्डा २ हिमाल नजिकै गएको हिमपहिरोमा २० जनाभन्दा बढी आरोही जोखिममा परेका छन् ।

हिमपहिरोका कारण सो क्षेत्रको ४८ किलोमिटर लामो पदयात्रा मार्गमा रहेका यात्रु पनि जोखिममा परेको आशंका गरिएको छ । ५ हजार ७ सय १२ मीटर अग्लो खिमलोगा नाकामा गएको हिमपहिरोले सबैभन्दा धेरै असर पारेको बताइन्छ ।

हालसम्म २० जनाको सुरक्षित उद्दार गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । उत्तराखण्ड र हिमाञ्चल प्रदेश जोड्ने उक्त पदमार्गमा यात्रुहरुले नौ दिन बिताउने गर्छन् ।

यता उत्तराखण्ड प्रहरीले डण्डा आरोहणको तयारी गरिरहेका ३७ जना आरोहीमध्ये आठ जनाको सफलतापूर्वक उद्धार गरिएको छ । दुई वटा हेलिकप्टर दुर्घटनास्थल नजिकै पुगेको छ । आवश्यकताअनुसार थप हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको छ ।

टिप्पणीहरू