राँगा ढाल्नुअघि कंकालिनीमा हेलिकप्टरबाट पुष्पवृष्टि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित कंकालिनी मन्दिरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । दशैँको महानवमीका दिन महासंकल्प पूजाको अवसर पारेर आज बिहान हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको हो ।

नवमीका दिन राँगा बलि दिनुअघि संकल्प पूजा गर्ने प्रचलन रहिआएको छ । तर, यस वर्ष बलि दिने राँगाको संख्या बढी भएकाले सामूहिक संकल्प पूजा गरिएको हो । जसलाई महासंकल्प पूजा भन्ने गरिन्छ ।

दशैंको नवमी तिथिका दिन कंकालिनी मन्दिरमा राँगा बली दिने चलन छ । यस पटक ६७५ राँगा बली प्रदानका लागि दर्ता भएको मन्दिर समितिले जनाएको छ ।

टिप्पणीहरू