टीकाको अघिल्लो दिन पनि भाग लाउन सकस

टीकाको अघिल्लो दिन पनि भाग लाउन सकस

सीट भागबण्डा टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्न लागेको छ । अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको हो ।

आजको बैठकले सीट बाँडफाँटसम्बन्धी अन्तिम निर्णय लिने दावी गरिएको छ । सीट भागबण्डा मिलाउन झन्डै दुई महिनादेखिको निरन्तरको प्रयासले आज निष्कर्ष निकाल्ने सम्भावना रहेको गठबन्धनका एक नेताले बताएका छन ।

गठबन्धनको एक घटक जसपाले गठबन्धन बाहिरसमेत विकल्प खोज्ने औपचारिक निर्णय गरिसकेको सन्दर्भमा आज बस्ने बैठकले प्रतिनिधिसभाका १६५ वटै क्षेत्रमा उम्मेदवारी पाउने पार्टीको नाम टुंगो लगाउने नेताहरुको दावी छ ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन । यही सेरोफेरोमा आज सहमति गराउन बैठक बोलाइएको हो ।

टिप्पणीहरू