काँग्रेसमा समानुपातिक सूचीको लफडा : एउटा डाक्टरका मान्छे खुशी हुँदा अर्का डाक्टरका छोरा भड्किए

काँग्रेसमा समानुपातिक सूचीको लफडा : एउटा डाक्टरका मान्छे खुशी हुँदा अर्का डाक्टरका छोरा भड्किए

पार्टीभित्रको प्रतिपक्ष समूहका नेताको रुपमा परिचित डा. शेखर कोइरालाको असन्तुष्टी सम्बोधन गर्न समानुपातिक सूची हेरफेर गर्ने निर्णयले नेपाली कांग्रेसमा अर्को लफडा शुरु भएको छ । शेखर समूहलाई २५ प्रतिशत भाग छुट्याउन समानुपातिक सूचीमा नाम तलमाथि गरेर आफ्नो भाग खाइदिएको भन्दै संस्थापन पक्षका नेताहरु भड्किएपछि विवादले नयाँ मोड लिएको बताइन्छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरासमेत रहेका नेता चन्द्रमोहन यादवले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन नै दिएका छन् । उनले विज्ञप्ति जारी गरि विधि, पद्धती र मान्यता विपरित आफ्नो उम्मेदवारीलाई बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाइएको भन्दै नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि समानुपातिक सूचीमा संस्थापन पक्षले एक्लौटी गरेको भन्दै शेखरका कार्यकर्ताहरु सभापति शेरबहादुर देउवाविरुद्ध आन्दोलनमै उत्रिएका थिए । चुनावको मुखमा विवाद बढेपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा समानुपातिक सूची सच्याउन तयार हुनुभएको थियो ।

तर, शेखरलाई खुशी बनाउँदा आफ्ना विश्वासपात्र नेताहरुको नाम बन्दसूचीको पुछारतिर पुगेपछि अप्ठेरोमा पर्नुभएका उहाँलाई पूर्वराष्ट्रपतिका छोराको निर्णयले थप तनावमा पारेको हो । अब काँग्रेसभित्रको विवाद कसरी सल्टिन्छ, त्यो भने हेर्न बाँकी रहेको कोइराला समूह बताउँछ ।

टिप्पणीहरू