मन्त्री चौधरीको ठहर : संविधान फेल गराउने खेल भयो

मन्त्री चौधरीको ठहर : संविधान फेल गराउने खेल भयो

सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधिसभा भंग गर्नेलाई जनताले छिट्टै सजाय दिने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङको आयोजनामा लमहीमा आयोजित दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त धारणा राख्नुभएको बताइएको छ ।

विगतको राजनीतिक सन्दर्भ र घटनाक्रम उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो, राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र सम्भव भएको हो । अब जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधिसभा पटक पटक भंग गर्यो, त्यसलाई सजाय दिने अवसर आएको छ ।’

नयाँ संविधान समावेशी, प्रगतिशील, महिला मैत्री र सीमान्त जनजातिका पक्षमा रहेकाले त्यसलाई समाप्त पार्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विगतमा लागिपरेको मन्त्री चौधरीको आरोप छ । मुलुकको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै मन्त्रीले भन्नुभयो, ‘त्यसमाथि निरन्तर प्रहार भइरहेको छ ।’

टिप्पणीहरू