गठबन्धनका नाममा काँग्रेसले अरु पार्टीको राजनीति खाइदिएको आरोप

गठबन्धनका नाममा काँग्रेसले अरु पार्टीको राजनीति खाइदिएको आरोप

पाँच दलीय गठबन्धनको विकल्प खोज्ने औपचारिक निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) ले नेपाली काँग्रेसको एकलौटी सोच र कार्यशैलीका कारण गठबन्धन अप्ठेरोमा परेको निष्कर्ष निकालेको छ । सीट भागबण्डामा काँग्रेसी नेताहरु सहयात्री दलप्रति चरम अनुदार भएकाले गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था बनेको सो पार्टीका नेताहरुको भनाइ छ ।

जसपाका एक उच्च नेताले गठबन्धनलाई काँग्रेसले आफ्नो आन्तरिक विवाद र नेताहरुको व्यवस्थापन गर्ने माध्यम बनाएको आरोप लगाए । जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले गठबन्धनभित्र सीट बाँडफाँडमा असन्तुष्टि जनाउँदै कुनै पार्टीका नेता व्यवस्थापन गर्नकै लागि गठबन्धन नगरिएको बुझ्न काँग्रेसका नेताहरुलाई चेतावनी दिए ।

विभिन्न बहानामा काँग्रेसले गठबन्धनमा रहेका अन्य सहयोगी दलहरूलाई सिध्याउन खोजेको यादवको आरोप छ ।

सीट भागबण्डामा काँग्रेसले हेपेको भन्दै गठबन्धन छाड्ने निर्णयमा पुगेको जसपासँग एमालेले तालमेल र सहकार्यको हात फैलाएको चर्चाका बीच यादवको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।

टिप्पणीहरू