गाडी चढेर खोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभामा नुहाउन गएका बाबुछोरा दुबै बेपत्ता भएका छन् । खाँदबारी नगरपालिका ९ स्थित सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएको बताइएको छ ।

खाँदबारी ७ का ४० वर्षे तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरु आफ्नै गाडी हिजो नुहाउन गएका थिए ।

राति अबेरसम्म उनीहरु घर नफर्केपछि नातेदार र स्थानीयले प्रहरीलाई आज खबर गरेका हुन् । तर उनीहरु चढेको प्रदेश १–०२–००२ च ५९२० नम्बरको जीप, कपडा, जुत्ता, मोबाइललगायत खोला किनारमा भेटिएको छ ।

बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू