सत्ता गठबन्धनको बैठक भोलि बिहान, आज माधव र उपेन्द्र असन्तुष्ट

सत्ता गठबन्धनको बैठक भोलि बिहान, आज माधव र उपेन्द्र असन्तुष्ट

आगामी निर्वाचनमा सीट बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक भोलि बिहान ८ बजेसम्मको लागि स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको आजको बैठकमा कुनै सहमति हुन नसकेको बताइन्छ ।

आजको बैठकमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई छुट्याइएको सीट संख्यामा आपत्ति जनाएको स्रोतको दाबी छ । बैठकमा यादव र नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो तरिकाले हुँदैन । हामीलाई छुट्याइएको सीट ज्यादै कम भयो ।’

बैठकको अन्त्यतिर जसपा अध्यक्ष यादवले गठबन्धनबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि शीर्ष नेताहरुको बैठक भोलि बिहान ८ बजेलाई तय गरिएको हो ।

टिप्पणीहरू