चिकित्सा शास्त्रको नोबल पुरस्कार स्वान्टे पाबोलाई

चिकित्सा शास्त्रको नोबल पुरस्कार स्वान्टे पाबोलाई

यो वर्षको चिकित्सा शास्त्र नोबल पुरस्कारबाट स्वीडिस नागरिक स्वान्टे पाबोलाई पुरस्कृत गराइने भएको छ । आज स्टकहोममा घोषणा गरिएबमोजिम स्थानीय कारोलिन्स्का इन्ष्टिच्युटका अनुसन्धानकर्ता स्वान्टेले पत्ता लगाएको मानव आनुवंशिक (जीन) को विकासमा रोग प्रतिरोधी क्षमता र इन्फेक्सनबारे नयाँ खोजको निम्ति प्रदान गर्ने निर्णय गरिएको हो ।

उनको खोज हालै पत्ता लागेको कोभिड १९ रोगविरुद्धको खोपको विकासमा सहायकसिद्ध भएको थियो । सोही खोपका कारण कोभिड १९ संक्रमणबाट अरबौं मानिसको ज्यान जोगिएको हो ।

अब, नोबल पुरस्कारमध्ये भोलि भौतिक शास्त्रको, रसायन शास्त्रको पर्सि, साहित्यमा बिहीबार र अर्थशास्त्रमा नोबल पुरस्कार अक्टोबर १० तारिखका दिन घोषणा हुँदैछ । पुरस्कृत सबैलाई डिसेम्बर १० तारिखका दिन पदक र नगद पुरस्कार दिइन्छ ।

पुरस्कारमा सुनको तक्मा र प्रत्येक विधामा नौ लाख अमेरिकी डलर राखिएको छ ।

टिप्पणीहरू