ढाका टोपीमा सजिएका अमेरिकी राजदूत बेरीको बिदाई

ढाका टोपीमा सजिएका अमेरिकी राजदूत बेरीको बिदाई

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीको आज काठमाडौंस्थित दूतावासमा बिदाई गरिएको छ । ढाका टोपी पहिरिएका राजदूतलाई दूतावासको तर्फबाट माला र टीका लगाउँदै मायाको चिनो प्रदान गरिएको दूतावासले जनाएको छ ।

राजदूतलाई कलात्मक काठको फ्रेमभित्र खुकुरी र थाङ्का उपहार दिइएको हो । सो अवसरमा दूतावासस्थित अमेरिकी सेनाको टोलीले सम्मान समेत दिएको बताइन्छ ।

बेरी नेपालमा छँदै नामिबियाको लागि अमेरिकी राजदूतमा नियुक्त हुनुभएको हो । उहाँको ठाउँमा डिन थम्पसन आफ्नो जिम्मेवारी सम्हाल्न काठमाडौं आउँदै हुनुहुन्छ ।

टिप्पणीहरू