टुँडिखेलको बढाइँअघि ५१ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह

टुँडिखेलको बढाइँअघि ५१ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह

प्रधानसेनापति प्रभुराम शर्माले आज ५१ जना अधिकृतलाई उपसेनानीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । गत बिहीबार उप सेनानी दर्जामा पदोन्नती भएका ५१ जनामध्ये उपत्यकाभित्र कार्यरत १८ जना पदिकलाई मानार्थ उप सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

एक जना सकल दर्जा र गैरसैनिक व्यक्ति दुई जना गरि तीन जनालाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा युद्ध मद्दती बाहिनी अन्तर्गतका युनिटहरुमा सञ्चालन भएको युद्धकार्य तथा पेशागत निरीक्षणमा उत्कृष्ट युनिट क्रमशः राजअस्त्र गण, कालीभञ्जन गण (ई), विनायकदल गण, त्रिनेत्रदल गण र रणवीर कवच गणलाई आजै कदरपत्र तथा नगद पुरस्कार समेत प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

टिप्पणीहरू