दशैँको बेला,बेलायत बस्ने नेपालीवीच बबालै बबाल

दशैँको बेला,बेलायत बस्ने नेपालीवीच बबालै बबाल

बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको २ हजार पाउण्ड उपाध्यक्ष शकुन्तला गुरुङले आफैंंले खर्च गरेको आरोप लागेको छ ।

बेलायतभरका ३३३ वटा नेपाली संघसंस्थाको छाता संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष रहेकी गुरुङले संस्थाको झण्डै तीन लाख रुपैयाँ (२ हजार पाउण्ड ) आफैंले चलाएको भन्दै खोजतलास शुरु भएको छ ।

गत वर्ष १९ अगष्ट २०२१ मा संघद्वारा आयोजित “च्यारिटी डिनर” कार्यक्रममा “युवा तथा महिला सशक्तिकरण” सहयोगका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदका तत्कालिन उम्मेदवारहरु हिमाल गुरुङ (हल्याण्ड) र जानकी गुरुङ (दक्षिण कोरिया) ले जनही १ हजारका दरले दिएको जम्मा २ हजार पाउण्ड संस्थामा दाखिला नभएको भन्दै शकुन्तलामाथि शत्रु लागेको हो ।

अर्कासंग संकलन गरेको उक्त रकम बुझाउन पटक पटक ताकेता गर्दा पनि उनले नदिएको बताइन्छ । शकुन्तलाले ६ महिनाअघि भएको बैठकमा बुझाउने प्रतिवद्धता जनाए पनि हालसम्म नबुझाएको संघ श्रोतले बतायो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैसा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स रकम झिकेर नेपाल पठाउनेमा गुरुङको पनि संलग्नताको आरोप छ ।
गुरुङलाई वार्षिक साधारणसभाद्वारा गठित छानवीन समितिले संस्थाको रकम झिकेको आरोपमा उजुरी परेपछि स्पस्टिकरणका लागि बोलाएको छ ।

छानवीन समितिले भोलि ३ अक्टोबरमा गुरुङलाई एनआरएनए कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छानवीन गर्न बोलाएको हो ।

गुरुङमाथि संस्थाको रकम कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा झिकेको,पदाधिकारीको रुपमा भूमिका निर्वाह नगरेको,संस्था हितविपरित क्रियाकलाप गरेको र संस्थालाई कमजोर बनाउन गैर–कानुनी रुपमा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उद्यत रहेको आरोप छ ।

चार वटा विषयमा उजुरी परेपछि छानवीनका लागि गुरुङलाई बोलाइएको समितिका संयोजक डा. भीम पुनले बताए । आर्थिकजस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित खड्कालाई बोलाइएको पनि डा. पुनले बताए ।

गुरुङलाई समितिले सोमबार दिउँसो ३ः३० बजेभित्र छलफलका लागि बोलाएको हो ।

टिप्पणीहरू