हनुमानढोकामा फूलपाती, टुँडिखेलमा बढाइँ

हनुमानढोकामा फूलपाती, टुँडिखेलमा बढाइँ

फूलपातीको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा बढाइँ समारोह सम्पन्न गरिएको छ । सोही समयमा हनुमानढोकास्थित जमराघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याउने चलन छ ।

टुँडिखेलको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट अधिकारीहरुको उपस्थिति थियो । हेलिकोप्टरबाट पुष्पवृष्टि, राईफलबाट विभिन्न पाटामा छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृति बनाइएको बताइएको छ । तोपबाट पनि बढाइँ गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

टिप्पणीहरू