मानबताबाद को खोज

मानबताबाद को खोज

आज हामी एक्काईसौ शताब्दी को भुमण्डलकिृत समाज मा छौ । पाँचौ ज्ञानीन्द्रिय मध्य आँखा सम्बेदनसिल अंग हो र तिनै आँखा द्रारा मानबता बिरुद्ध मा भएका बलात घटनाक्रम प्रत्यक्ष देखिरहेका छौ । मानबताबाद को खोज आजको नयाँ बिश्व का लागी एउटा चेतना युक्त क्रान्ति हो । मानब साङ्लो द्रारा मानविय घर निर्माण गर्नु यसको मक्सत हो । यो आन्दोलन रेनेसा पिरेड मा इटली बाट सुरवात भएतापनि बिश्व जगत मा यसले निम्ताएका मानवरुपी बिचार लाई मानव संरक्षण को मुल संम्भाहक को रुपमा पुरस्कृत भएको ब्यहोरा हामी सबैको मष्तिस्क मा कैद छ ।

सोतन्त्रताको क्रान्ति , औधोगिक क्रान्ति , कृर्षि क्रान्ति, बौद्धिक क्रान्ति, औपनिबेसिक बिस्तार बिरुद्ध को क्रान्ति , पहिलो बिश्व युद्ध , दोस्रो विश्व युद्ध ,शित युद्ध आदि इत्यादी संग मानबता को क्रान्ति को घनिष्ट साईनो छ । मानब अधिकार , बौद्धिकता ,मानव संरक्षण , प्रकृति संरक्षण का विषय पनि च्भलभककष्बलअभ उभचष्यम (रेनेसा पिरोड) बाट सुरु भएको पाईन्छ । तर नेपालको हक मा भने १९५० को राजनितीक क्रान्ति पश्चात यसको बारेमा अलि बृहत बहस भएको पाईन्छ । हुन त १९५५ मा संयुक्त राष्ट्र संघ को सदस्यता लिएपछी मानबअधिकार का विषयमा र संयुक्त राष्ट्रसंघ का वडापत्र बमोजिम नै कैयौ नविनतम कुराको थालनि नेपालले गर्ने अबसर प्राप्त गर्यो तर सुरुवातीकर्ता को रुपमा जय पृथ्वी बहादुर शिंह लाई लिन सकिन्छ । जय पृथ्वी बहादुर शिंह ले हुमानिटी जागरण का लागी मानब कल्याण का लागी उल्लेखनिय कार्य गरेको कुरा बसन्तपुर मा शहिद दिबस को दिन एक जना अमेरिका का लागी नेपाली राजदुत भएका भट्ट थर का बिशिष्ट ब्यक्ति ले लेखक लाई जिकिर गरेको कुरा आलेखमा प्रष्टाउन किर्माथ गलत हुने छैन । सो बिचार कै आधारमा हुमानिटी क्लब को स्थापना भएको समेत तपाई हाम्रो जानकारी मा छ ।

खैर जे होस आजको बिश्व जगत लाई मानबताबाद को खोज को आन्दोलन को आबस्यक छ । यो आन्दोलन वास्तवमै चेतना को बिगुल हो । पाँच सिद्धान्त का आधारमा यो आन्दोलन को तय भएको छ । यो मानबमैत्री ,सभ्यतामैत्री ,बिज्ञानमैत्री र बाताबरण तथा पर्याबरणमैत्री पनि छ । यसको खोज , अनुसन्धान र सहकार्यमा जुटेर लागौ । यसका शैद्धान्तिक आधारहरु निम्न प्रकारमा उल्लेखित गरिएको छ ।

१ ब्रमाण्डिय सत्यता
२ मानविय उपागम
३ शभ्यता को अनुशरणबाद
४ पृथ्वी ,बाताबरण र पर्याबरण को संरक्षणबाद
५ नविनतम बिज्ञान र प्रबिधी को प्रयोग

यी पाँच शैद्धान्तिक धरातलमा रहेर मानव , प्रकृति , जिव ,पृथ्वी को संरक्षण को एउटा मुलआधार स्थापित गर्नु यस आन्दोलन को बृहत दृष्टिकोण हो भने चरित्रता , अनुशासन, कुशल शासन , सांस्कारिकता ,शु शभ्यता शेवा परक ,सदासहितायुक्त ,परोपकारी ,कल्याणकारी जस्ता ब्यबहारिक र मनोबैज्ञानिक कार्य गर्ने उदेश्य का लागी यो मानबताबादको खोज को आन्दोलन आजको एक्काईसौ शताब्दी को बैश्विक अन्त्रराष्ट्रिय आन्दोलन बन्न आबस्यक छ ।

विश्व जगतमा देखिएका हत्या , हिंम्सा , अपराध , आतंकबाद , अणुअस्त्र को प्रयोग , द्धन्द आदी इत्यादी ले अशान्ति कायम गर्नु का साथै मानव शभ्यता , प्रकृति र मानबियतामा दखल पुराएको छ । कुनै बेला शान्ति क्षेत्र को प्रस्ताव विश्व जगतमा दर्शाउन सफल देश नेपाल अब मानवियता का खातिर मानबताबादको खोज को आन्दोलन मार्फत मानवियता , मानबअधिकार र मानवशान्ति को सन्देष दिन सक्नु पर्छ । आज बन्यजन्तु , प्रकृति मा प्रत्यक्ष मानब द्रारा गरियका बदनियतले प्राकृतिक र भौतिकरुपमा बन्यजन्तु माथि खतरा बढेको छ भने मान्छे ले मान्छे का बिरुद्ध निहत्था अपराध का कारण समाजमा मानवियताको बिश्वास मा अभाव आएको छ । रेड क्रस , स्काउट , लायन्स वा रोट्रयाक्ट ,जेसीज जस्ता गैरसरकारी शंस्था केही हद सम्म परोपकारी कार्यमा सक्रिय भएतापनी मानसिक , मनोबैज्ञानिक र सैद्धान्तिक रुपमा भने चुस्तता चाहि देखिएको छैन ।

तसर्थ रुपचन्द्र बिष्ट को थाहा आन्दोलन ले चेतना बिस्तारिकरण गरेजस्तै मानबताबादको खोज आन्दोलन ले पनीे चेतना को बिगुल छर्दै छ र छर्नु पर्दछ । मानब शभ्यता को अनुसरण गर्दे , ब्रमाण्डिय सत्यताको मानव उत्पति र बिकास मा कृयासिल हुदै , मानविय उपागम का खातिर नविनतम बिज्ञान को प्रयोग मार्फत पृथ्वी ,बाताबरण र पर्याबरण को संरक्षण मा ,सक्रिय मानबजाती हुनु नै मानबश्रेष्ठता को कर्तब्य र निष्ठता हो । अस्त्र लाई छोडेर शास्त्र मार्फत समाज परिचालन हुनु पर्दछ । शक्ति पुञ्ज होइन बुद्धि पुञ्ज को निर्माण हुनु पर्दछ । संसार भरका गरीब , असहाय , अशक्त , ज्येष्ठ , बिपन्न , द्धन्द्ध पिडीत , अभिभावक बिहिन ,अधिकार बिहीनहरुको राज्य द्रारा संरक्षित कानुन निमार्ण का प्रकृया समेत मा यसले टेवा पुयाउने छ । जलबायु समस्या का कारण पर्याबरण र बाताबरण मा परेका चुनौती लाई समाधान का लागी यो मानविय दबाब हुने छ ।

त्यसै कारणले पनि बिश्वमा पैदा भएका राजनितीक ,सामाजिक , आर्थिक र सांस्कृतिक चुनौती लाई मानबता को मानब साङ्लो द्रारा गोलबद्ध गरी मानबतायुक्त समाज निर्माण गरी भातृत्व , समानता र सोतन्त्रता कायम गर्नु नै यस आन्दोलन को पुर्नजागरण रुपी उपलब्धी हुन सक्छ । तत कारण ले पनि एकाईसौ शताब्दी लाई मानबताबादको खोज कुनै नयाँ आन्दोलन नभएर मानबियता पुर्नजागरण को युग को रुपमा लिनु नै बुद्धिमानी ठहरिनेछ । शुखी ,खुसी र स्वस्थ्य समाज यो आन्दोलन को लक्ष्य हो । मानबता युक्त बगैचा निर्माण मा सबै जुटौ ।

कपिल अर्याल, शुद्धोधन ४ रुपन्देही
In Search Of Humanism

टिप्पणीहरू