सेनामा बल्ल मासुभात

सेनामा बल्ल मासुभात

श्रीमान् सम्पादकज्यू, गत हप्ता तपाईंले निकालिदिनु भएको समाचारले गर्दा हामी पश्चिम पृतना हाताभित्रका जवानहरुले खसीको मासु एक छाक ४ महिनापछि खान पाएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

आखिर चाहने हो भने त हुने रहेछ, पत्रिकामा निस्कनासाथ मासु खुवाउनु पर्छ भनेर जान्ने कमाण्डर अरु बेला सुतेरै बस्ने रहेछन् भन्ने प्रमाणित भयो । धेरै महिला सिपाहीको मात्र ध्यान दिनुपर्छ भन्ने पृतनापतिज्यूलाई पुरुष सिपाही पनि बराबर छन भन्ने सन्देश दिनुहोला । महिला भलिबल हुँदामात्र पल्टनलाई भोज गर्नु भन्दा पनि सबैलाई समान गर्दा राम्रो हुन्छ होला पृतनापतिज्यू । गत महिना सिकायत निर्देशनालयमा लेखा जमकको बारेमा सिकायत परेको थियो ।

उक्त सिकायतपछि छानविन गर्नका लागि कर्नेल रामचन्द्रको अध्यक्षतामा छानविन भयो तर त्यो छानविनले के ग¥यो ? कसैलाई पत्तो भएन । पृतनापतिज्यूले अहिलेसम्म पठाउनु भएन । पृतनापतिज्यूको नजरमा दुई चिज सधैं राम्रो एक, सिग्नलको मान्छे, दोस्रो लेखा मेजर । यिनीहरुले कहिले गल्ति गर्दैनन् रे ।

मेजर सा’ब राम्रो मान्छे त्यही भएन नेपाली सेनाका जंगी अड्डादेखि पनि धेरै नै नाम कमाउन सफल मेजर साहेब बनिता बिसी जय होस् । भर्ना छनौटको भत्ता सबैले पाउनुपर्ने जति पाएको छैनन् । तर मेजर साहेबले फिर्ता गरिदिए भन्नु भयो रे । जेठ महिनाको तलब अहिलेसम्म खान पाएका छैनौं हामीले । काम पनि कति राम्रो ।

सबै युनिटको एलआरसी सिद्धिदल, इन्ट (ता.सीहरुको) बनिता मेजर साबको सल्लामै पृतनामानै लिइएको छ । पृतनालाई पैसा बढी भयो रे राशनको कति राम्रो काम जर्साब मेजर साबको ।

टिप्पणीहरू