गृहमन्त्री निर्वाचन आयोगमा

गृहमन्त्री निर्वाचन आयोगमा

गृहमन्त्री बालकृष्ण खाँण निर्वाचन आयोग पुग्नुभएको छ । उहाँ आज बिहान सवा ९ बजेको समयमा त्यहाँ पुग्नुभएको बताइन्छ ।

मन्त्री खाँण नेपाल काँग्रेसले बुझाएको आगामी निर्वाचन प्रयोजनको समानुपातिक उम्मेदवार सूचीबारे थप जानकारी लिन त्यहाँ जानुभएको स्रोतको दाबी छ ।

उहाँ आयोगका सचिव गोकर्णमणि दुवाडीसँग छलफल गरेर बाहिरिनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दिएको समायावधी आज सकिँदैछ ।

टिप्पणीहरू