प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई टक्कर दिँदै भुवनेश्वर

प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई टक्कर दिँदै भुवनेश्वर

एमाले उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र काँग्रेस नेता चन्द्र भण्डारीलाई आगामी निर्वाचनमा चुनौती दिने भन्दै भुवनेश्वर अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट ३५ वर्षदेखि ज्ञवाली र भण्डारीले एकछत्र राज गरेको बताउँदै अर्यालले चुनावमा उठ्ने घोषणा गरेका हुन् । अर्याल निकटस्थ एक जनाले भने, ‘उनीहरुलाई टक्कर दिन कोही अघि नसरेपछि भुवनेश्वरजीले कम्मर कस्नुभएको हो ।’

स्वतन्त्र उम्मेदवार बन्न लागेका गुल्मी १ का अर्यालले पूर्वजहरुले राष्ट्रहितलाई सर्वोपरी राखेर निर्माण गरेका विकासका आधारशिलाहरुलाई परिस्कृतरुपमा उपयोग गर्ने विषयलाई मुख्य एजेण्डा बनाएका छन् ।

बीपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराईलगायत अग्रज नेताहरूको योगदानको उच्च सम्मान गर्दै, निषेधको राजनीतिलाई मेलमिलाप र श्रृजनशीलतामा रुपान्तरण गर्ने,असँलग्न परराष्ट्र नीतिलाई कार्यान्वयन गर्दै दुई छिमेकी राष्ट्रको सुरक्षा चासोलाई बराबर महत्व दिएर नेपालको उच्च छविलाई कायम राख्ने बताइएको छ ।

उनले एजेण्डा अघि सार्दै भनेका छन्,‘राष्ट्रिय अर्थतन्त्रको निम्ति उत्पादनशील र पूर्वाधार विकासका क्षेत्रमा मात्र विदेशी ऋणको उपभोग गर्ने र सहकारीमार्फत सामूहिक कृषि प्रणालीलाई अघि बढाइने छ ।’

टिप्पणीहरू