कोरोनाले छेकेको कार्यक्रममा राष्ट्रपति भण्डारी भोलि दिउँसो टुँडिखेलमा सरिक हुने

कोरोनाले छेकेको कार्यक्रममा राष्ट्रपति भण्डारी भोलि दिउँसो टुँडिखेलमा सरिक हुने

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दिउँसो सैनिक मञ्च टुँडिखेल जानुहुने भएको छ । उहाँ नेपाली सेनाद्वारा आयोजना हुने फूलपाती बढाइँ समारोहमा सहभागी हुन लाग्नुभएको हो ।

फूलपाती कार्यक्रममा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गराउने कार्यक्रम छ । यही बेला गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैँ घरमा भित्र्याउने चलन छ । सोही समय पारेर टुँडिखेलमा बढाइँ गर्ने कार्यक्रम दुई वर्षअघि कोरोना संक्रमणका कारण रोकिएको थियो । गत वर्ष भने सांकेतिक रुपमा बढाइँ गरियो ।

टिप्पणीहरू