सल्यान जीप दुर्घटनाका सिकिस्तलाई कोहलपुर लगियो, एक जनालाई हेलिकप्टरमा

सल्यान जीप दुर्घटनाका सिकिस्तलाई कोहलपुर लगियो, एक जनालाई हेलिकप्टरमा

सल्यानको कुमाख गाउँपालिकामा आज भएको दुर्घटनाका घाइतेलाई थप उपचारार्थ कोहलपुर लगिएको छ । स्थानीय खैराबाङ भगवती मन्दिर दर्शन गर्न गएको १९ जना सवार जीप दुर्घटनामा दुई जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।

स्थानीय पोलिक्लिनिक र जिल्ला अस्पातलामा उपचार हुन नसकेपछि १५ जनालाई एम्बुलेन्सबाट र एक जनालाई सेनाको हेलिकप्टरमा कोहलपुर लगिएको बताइएको छ ।

घाइतेमध्ये २४ वर्षीया सुनीता बोहराको अवस्था थप जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन् ।

उकालो कच्ची सडकमा जीप करिब एक सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू