महिलाको स्तनमाथि टिप्पणी गर्नासाथ एप्पलका उपाध्यक्ष बर्खास्त

महिलाको स्तनमाथि टिप्पणी गर्नासाथ एप्पलका उपाध्यक्ष बर्खास्त

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले आफ्नो ‘मार्केटिङ सेक्टर’ का उपाध्यक्षलाई बर्खास्त गरेको छ । टिकटक अन्तरवार्तामा असभ्य र आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख गर्दै एप्पलले टोनी ब्लेभिन्सलाई पदबाट हटाएको हो ।

टिकटक अन्तर्वार्ताको क्रममा ड्यानियल म्याकले उनलाई समय बिताउननिम्ति के गर्नुहुन्छ ? भनेर सोधेका थिए । जवाफमा ब्लेभिन्सले भने, ‘म कार रेस गर्छु,गल्फ खेल्छु र ठूला स्तन भएका महिलालाई औधी माया गर्छु । त्यसका लागि मैले सप्ताहान्त र प्रमुख बिदा उपयोग गर्ने गरेको छु ।’

एप्पल कम्पनीले उनको अभिव्यक्ति थाहा पाएपछि आन्तरिक छानबिन र अनुसन्धान गर्न थाल्यो । अन्तत: महिला र तिनका स्तनबारे टिप्पणी गरेका कारण उनले जिम्मेवारीबाट मुक्त हुन परेको हो ।

उपाध्यक्षको भिडियो अन्तर्वार्ता सुनेपछि एप्पलका केही कर्मचारी क्रुद्ध भएको बताइन्छ । उनको सोचाइ र भनाइले महिलाको अपमान गरेको उल्लेख गर्दै उनलाई जिम्मेवारीबाट हटाइएको एप्पलका प्रवक्ताले बताएका छन् ।

यता,ब्लेभिन्सले आफूले माफी माग्न चाहेको बताएका छन् । भन्छन्,‘मेरो अभिव्यक्तिबाट जो जो रिसाएका छन्,ती सबैसँग म इमान्दारिताका साथ माफी माग्न चाहन्छु ।’

यसअघि पनि एप्पलले अर्का एक जना कर्मचारीलाई बर्खास्तीको चेतावनी दिएको थियो ।

टिप्पणीहरू