वाइसियल टोली भित्र्याएर एमाले अध्यक्ष च्यासलबाट सोझै सप्तरी

वाइसियल टोली भित्र्याएर एमाले अध्यक्ष च्यासलबाट सोझै सप्तरी

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिउँसो पार्टी मुख्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा सहभागी भएलगत्तै सप्तरी जानुभएको छ ।

च्यासलमा आज एक सय ७५ जना माओवादीले एमाले रोजेको बताइएको छ । तीमध्येका एक जना सरोज सिंह पनि हुन् । उनलाई आगामी निर्वाचनमा एमालेले ललितपुर क्षेत्र नम्बर २ ‘ख’ को प्रदेश सभामा उमेदवार बनाउने तयारी गरेको बताइएको छ ।

कार्यक्रममा माओवादीका अरु नेता तथा कार्यकर्ता पनि छिट्टै एमाले प्रवेश गर्ने जानकारी दिइएको छ ।

आजदेखि एमाले प्रवेश गरेकामध्ये गत बैशाखको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा माओवादीबाट उपमेयरका उम्मेदवार बाबुराजा बज्राचार्य पनि छन् । त्यसैगरी अमिर शाक्य,रामहरि बजगाईं, धनबहादुर महर्जन, काजिरत्न शाक्य, भाइकाजी महर्जन, सन्तोष महर्जनले पनि एमाले अध्यक्ष ओलीको हातबाट खादा पहिरिएका छन् । बजगाईं राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुन् ।

कार्यक्रममा नेकपा एमाले ललितपुर इञ्चार्ज सुशीला नेपाल,राधिका शाक्य ओली,हरिकृष्ण व्यञ्जनकार,पूर्व डिआइजी नवराज सिलवाल,केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारी,जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यलगायत उपस्थित थिए ।

टिप्पणीहरू